के तपाई पनि राती नराम्रो सपना देख्नुहुन्छ, यस्तो हुन सक्छ कारण हेर्नुहोस!

सुतेपछि सपना देख्नु प्राकृतिक नियम हो।  सपना देख्नका लागि सुत्नु पर्ने हुन्छ। तर अवस्था र परिस्थिति  अनुसार कहिले शुभ तथा कहिले अशुभ सपना देख्ने गरिन्छ। अधिकांश रातमा देखिएको सपना उठ्दा दिमागमा याद नआउने खालको हुन्छ भने कुनै सपनाले बारबार तर्साईरहेको हुन्छ। तर राती सुत्दा नराम्रो र डरलाग्दो सपना किन देखिन्छ यसको कारण थाहा छ ? यदि छैन भने हेर्नुहोस सपनामा नराम्रो सपना देख्नुको कारण यस्तो हुन सक्छ;

-रातको समयमा सुतेपश्चात हरेक मानिस आनन्दको निन्द्रा चाहन्छन रातको समयमा सुत्दा मिठो निन्द्राको लागि सुत्नेको तरिका पनि सहि हुनु आवश्यक हुन्छ। वास्तु शास्त्रका अनुसार सुत्ने समयमा जहिले पनि खुट्टा उत्तर दिशामा हुनेगरी सुत्नु आवश्यक छ। जसले गर्दा राम्रोसंग निन्द्रा पर्नुका साथै सपना पनि राम्रो देखिने मान्यता रहेको छ।  साथै नराम्रो सपना देख्नुको अर्को कारण बेडरुम संगै बाथरुम हुनु पनि हो यदि यस्तो हो भने बाथरुम र बेडरुम फरक फरकगर्नु आवश्यक छ।

-मान्यता अनुसार बेडको आसपास बिग्रेका तथा टुटे फुटेका समान राख्नाले पनि नराम्रो सपना देख्ने सम्भावना बढी हुन्छ।  त्यसैले बेडरुममा यस्ता प्रकारका सामानहरु सकेसम्म नराख्दा नै शुभ हुने मान्यता रहेको छ।

-साथै कतिपय मानिसहरुले आफु सुत्ने बेडमुनि जुत्ता चप्पल पनि राख्ने गरेका छन जसले गर्दा घरमा नकारात्मक शक्ति फैलिई त्यसले डरलाग्दो सपनाको रुप लिने समेत सम्भावना रहन्छ।  नराम्रो सपना देखिनुको अर्को कारण मानसिक तनाव पनि हो।  जब कुनै पनि मानिस कुनै पनि कामले गर्दा मानसिक तनावमा रहन्छ तब उक्त तनावले नराम्रो सपनाको रुप लिने गर्दछ।

-पछिल्लो समयमा हरेक व्यक्तिहरु राती सुत्नुभन्दा अगाडी मोबाइल फोनको प्रयोग गर्ने गर्छन।  तर थाहा छ मोबाइल पनि सपनामा नराम्रो सपना आउनुको कारण बन्न सक्छ।  त्यसैले सुत्नुभन्दा अघि सकेसम्म मोबाइल , टिभी , ल्यापटप जस्ता सामाग्रीहरुको प्रयोग नगर्दा नै राम्रो हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६०९:२१

अलैचीको सहि सदुपयोगले गर्नाले हुनसक्छ भाग्य परिवर्तन , यसरी गर्नुहोस यसको प्रयोग