छविले गरे शिल्पासंगको सम्बन्धबारे यस्तो खुलासा , खास कुरा के रहेछ त आखिर !

काठमाडौँ , नेपाली सिनेमा क्षेत्रमा बाघ निर्माताको उपाधि पाएका सफल निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बिगत लामो समयदेखि बैवाहिक सम्बन्धलाई लिएर बजारमा हल्ला चल्न थालेको छ। तर वास्तविक कुरो के हो भन्नेमा सबैजना अन्योलमा परेका छन र यी दुइले हाल सम्म पनि आफ्नो सम्बन्धको बारेमा मिडियासामु खुलेर केहि कुरा पनि बताएका भने छैनन्।

नायिका रेखा थापासंगको सम्बन्ध बिच्छेद पश्चात छबि शिल्पासंग केहि नजिकिएका थिए। तर हालसालै भने निर्माता ओझाले फेसबुकमा शिल्पासंगको फोटो राख्दै क्याप्सनमा ‘ मेरो जीवनको सुरुवाति तिमीसंगै हुन्छ र अन्त्य पनि तिमी संगै होस् भन्ने चाहन्छु ,यदि हाम्रो बारेमा कसैले केहि भनेमा म सुन्ने वाला छैन’ भन्दै घुमाउरो पारामा शिल्पासंगको सम्बन्धको बारेमा केहि कुरा खुलाउने कोसिस गरेका छन।

यसरी जीवनको सुरुवाती र अन्त्यको कुरा जोडिसके पछि पक्कै पनि यी दुई कतै बैवाहिक सम्बन्धमा बाँधीइसकेका त होइनन भन्ने भान उनका शुभचिन्तकहरुलाई हुन थालेको छ।  पछिल्लो समय छबिद्वारा निर्मित चलचित्र मंगलम प्रदर्शनमा आएको थियो जुन चलचित्रमा पुष्पल खड्का र शिल्पा पोखरेलको मुख्य भूमिकारहेका छन।

 

 

 

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०६:५९

फेसनको नाममा यस्तो पनि : प्रियंकालाई अजिव अवतारमा देखेर तर्सिए सबै !