फेसनको नाममा यस्तो पनि : प्रियंकालाई अजिव अवतारमा देखेर तर्सिए सबै !

एजेन्सी , मेट गाला २०१९ को रेड कार्पेटमा बलिवुड सुन्दरी प्रियंका चोपरा निक जोनसका साथमा बोल्ड अनि फरक लुकमा देखिएकी छिन। सोहि अवसरमा खिचिएका केहि तस्बिरहरु हाल सामाजिक संजालमा भाइरल भईरहेको छ। जुन तस्बिरमा प्रियंकालाई सिल्वर-पेस्टल गाउनमा र निकलाइ व्हाइट सूटमा देखिएको छ।

निक र प्रियंकाको आउटफिटलाई  डिओरले डिजाईन गरेको हो। यस तस्बिरलाई लिएर निक भन्दा पनि प्रियंकाको बिषयमा बढी चर्चा चल्न थालेको छ।  प्रियंकाको ड्रेसअप र हेयरस्टाइल नितान्त फरक र रोचक रहेको छ। उनले टाउकोमा लगाएको क्राउनमा भने रेड कार्पेटमा उपस्थित सबैको ध्यान गएको थियो। साथै तस्विरमा यी दुईलाई रोमान्टिक देखिएको छ।

मेट गाला कार्पेटमा निक प्रियंकाको दोश्रोपटकको सहभागिता हो। पहिलोपटक  यिनीहरुले सन् २०१७ मा गएका थिए भने बिवाह पश्चात मेट गाला रेड कार्पेटमा यी दुईले पहिलो पटक उपस्थिति जनाएका हुन्।

यस पछि भने प्रियंकाले राल्फ लौरेनको डिजाईनमा लामो खालको कोटमा देखिएकी थिइन्।  जुन तस्बिरलाई लिएर प्रियंका सामाजिक संजालमा ट्रोल समेत हुन पुगेकी थिइन्।

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६१३:१८

केटिले देखाईन यस्तो अनौठो रुप ,तस्बिरले सामाजिक संजालमा तहल्का मच्चाउदै !