केटिले देखाईन यस्तो अनौठो रुप ,तस्बिरले सामाजिक संजालमा तहल्का मच्चाउदै !

एजेन्सी , मेट गाला महोत्सव सोमवारदेखि न्युयोर्कमा सुरु भएको छ।  यस महोत्सवमा बलिवुड देखि हलिवुडका चर्चित कलाकारहरु उल्लेखनिय रुपमा उपस्थित हुने गर्छन। यसै अवसरमा कलाकर्मीहरुले फरक फरक कपडामा आफ्नो जादु देखाउने गर्दछन। पछिल्लो समयमा यसै महोत्सवको क्रममा आफ्नो ड्रेसअपका कारण अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायिका केटि परी भाइरल भईरहेका छन।

प्रियंका पश्चात केटि परीको ड्रेसअपले गर्दा सामाजिक संजालमा तहल्का मच्चीरहेको छ।पिङ्क कार्पेटमा केटिको प्रवेश बत्तिजडित कपडामा भएको थियो जुन तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले अत्यधिक रुचाई समेत रहेका छन। यसका साथै उनको जुन बर्गवाला तस्बिरले त झनै हाल सामाजिक संजालमा तहल्का नै मच्चाईरहेको छ।

केटिले लगाएको ड्रेससंग संगै उनको जुत्ताले  समेत सबैको ध्यान खिचेको छ।  जुत्ताको कलर र बनावट काटीकुटी बर्गरको जस्तै छ।  यस तस्बिरलाई परिले ट्विटरमार्फत शेयर गरेकी छिन।

यस बर्ष यस महोत्सवको मुख्य उदेश्य भनेको नोट्स अन फेशन हो अर्थात्  (फेशनमा बढी जोड दिनु ) त्यसैले गर्दा बलिवुड एवम हलिवुड कलाकर्मीले यसै अवसरमा आफुलाई  फरक अनि अब्बल देखाउन हर कुनै पनि कसर बाकी छोडेका भने छैनन। 

मेट  गाला समारोह हरेक बर्षको मे महिनाको पहिलो सोमवार आयोजना गर्ने गरिन्छ।  जसलाई बर्षको सबैभन्दा ठुलो र महत्वको हिसाबले पनि प्रमुख मान्ने गरिन्छ।  जुन समारोहमा सहभागी हुनका लागि टिकेटको मात्र करिब ३० लाखादलर खर्चिनु पर्ने हुन्छ।

 

प्रकाशित : बुधबार, बैशाख २५, २०७६०६:२३

सोनम र आनन्दको विवाहको आज पहिलो बर्ष , यसरी सुरु भएको थियो यी दुईको प्रेम सम्बन्ध !