सोनम र आनन्दको विवाहको आज पहिलो बर्ष , यसरी सुरु भएको थियो यी दुईको प्रेम सम्बन्ध !

एजेन्सी ,बलिवुड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिएको आज अर्थात् मे ८ मा १ बर्ष पुरा भएको छ।  सोनमले बर्ष २०१८ मा आफ्नो प्रेमी अर्थात् चर्चित  ब्यापारी आनन्द सहुजाका साथमा सात फेरा लिएकी हुन्। यो विवाह बलिवुडको प्रशिद्ध बिवाह मध्ये एक हो। यी दुईको बिवाह मुम्बईमा भएको हो। जहाँ केहि बलिवुड सेलिब्रेटीले सहभागिता जनाएका थिए।

उनके बीच शुरू हुई लव-स्टोरी

यी दुईका जोडीलाई बलिवुडमा उदाहरणीय जोडीको रुपमा पनि लिने गरिन्छ। पछिल्लो समयमा सोनमले इन्स्टग्राममा शेयर गरेको  केहि तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो।  जुन तस्बिरमा आनन्दले सोनमको जुत्ताको लेस बाँधीरहेको देखिएको थियो।

आज सोनाम र आनन्दको बिवाहको पहिलो बिवाहोत्सवको अवसरमा यी दुईको लभ स्टोरी कस्तो थियो त जान्ने कोशिस  गरौ

सन् २०१४ मा आनन्द र सोनमको परिचय उनीहरुका साथी परनिया कुरैशीको मार्फतबाट भएको हो।  खबर अनुसार चिनजान भएको करिब १ महिना पश्चात नै आनन्दले सोनमलाई लभ प्रपोजल राखेका थिए। करिब २ बर्ष लामो प्रेम सम्बन्ध पश्चात अन्तत यी दुई २०१८ मे ८ का दिन बिवाह बन्धनमा बाँधिएका हुन्।

VegNonVeg के को-फाउंडर

आनन्दसंगको चिनजान भएको करिब २ महिनामा सोनमको जन्मदिनको अवसरमा आनन्दले हालसम्म कसैले नदिएको सरप्राइज दिएका थिए।

कामको सन्दर्भमा कुरा गर्दा सोनम यतिबेला चलचित्र ‘जोया फैक्टर’ मा ब्यस्त रहेकी छिन। यस चलचित्रमा उनका साथमा साउथ स्टार दलकीर सलमान भूमिकामा रहेका छन।

 

प्रकाशित : बुधबार, बैशाख २५, २०७६०८:३९

अक्षय कुमारका साथमा बलिवुडमा डेब्यु गर्दै मिस वर्ल्ड मानुषी छिल्लर !