अक्षय कुमारका साथमा बलिवुडमा डेब्यु गर्दै मिस वर्ल्ड मानुषी छिल्लर !

एजेन्सी , मिस वर्ल्डको उपाधि जिते पश्चात मानुषी छिल्लरको बलिवुडमा प्रवेश गर्न सक्ने चर्चा निकै नै बढ्दो क्रममा रहेको छ।  कुनै समयमा मानुषीले अभिनेता आमिर खानसँग काम गर्ने इच्छा ब्यक्त गरेकी थिइन्। तर हालसालैको खबर अनुसार मानुषी आमिरका  साथमा नभई अभिनेता अक्षय कुमारका साथमा सिल्भर स्क्रिनमा उनका अपोजिटमा देखिने कुरा बाहिरिएको छ। मिडिया रिपोर्टका अनुसार मानुषी र अक्षय  यशराज फिल्म्सद्वारा निर्मित पृथ्वीराज चौहानको बायोपिकमा एकसाथ देखिदै छन।

मानुषी छिल्लरले अक्षयको साथमा काम गर्न सहमत जनाएको र पृथ्वीराज चौहानको बायोपिकका लागि उनले साईन समेत गरिसकेकी छिन।  यस ऐतिहासिक नाटकलाई चंद्रप्रकाश द्विवेदीले निर्देशन गर्दै छन भने चलचित्रमा मानुषी डबल रोलमा देखिदै छिन।यस चलचित्रमा अक्षय र उनको रोमान्स देख्न सकिने छ।

मानुषी हाल आफ्नो डेब्यु चलचित्रका लागि ब्यस्त रहेकी छन।  उनि विभिन्न वर्कसप , अभिनय र डान्सको तयारी गरिरहेकी छिन।पृथ्वीराज चौहानको बयोपिक लभ स्टोरी बेसमा आधारित रहेको छ। यसका साथै मानुषी फराह खानको प्रोजेक्टमा रणवीर सिंहको साथमा डेब्यु गर्ने हल्ला चलेको छ। तथापी मानुषी कसको साथमा चलचित्रमा देखिदै छिन त्यसमा कुनै पनि आधिकारिक जानकारी भने प्राप्त भएको छैन।

 

प्रकाशित : बुधबार, बैशाख २५, २०७६१०:३९

एक दिन पुरै नान्गीन्छु कसले के भन्छ भन्ने गायिका सरस्वति करोडौं कुम्लाएर अर्कै पुरुषसँग फरार , पूर्वपतिले दिए प्रहरीमा