एक दिन पुरै नान्गीन्छु कसले के भन्छ भन्ने गायिका सरस्वति करोडौं कुम्लाएर अर्कै पुरुषसँग फरार , पूर्वपतिले दिए प्रहरीमा

काठमाडौँ : गायिका सरस्वती लामाविरुद्ध पति धनबहादुरले प्रहरीमा उजूरी दर्ता गराएका छन् ।

विभिन्न स्टेज सोमा भल्गर प्रस्तुति प्रदर्शन गरि चर्चा बटुल्ने प्रयासमा लागेकी लामाविरुद्ध उनकै श्रीमान धनबहादुर लामाले ललितपुर प्रहरी विटमा ठगीको उजुरी दर्ता गरेका हुन् ।

लामाले दिएको निवेदनमा सरस्वतीले एक करोड ६ लाख ठगी गरेको आरोप लगाईएको छ । काभ्रेपलान्चोक जिल्ला साविकको मादन कुडारी गाविस वडा नम्बर ९ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध बस्दै आएका धनबहादुरले ०७१ सालमा धन कमाउनका लागि भन्दै युएई उडेको र आफूले कमाएको रकमबाट एउटा स्कुटर, १ लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख गरेका छन् ।

लामाले यो सहित सुनको चुरा, सुनको औंठी, सिक्री र रिङ सहित पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखाबाट ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकबाट ३ लाख ९० हजार, एभरेष्ट बैंकबाट ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख गरेका छन् ।

धनबहादुरले कोठामा रहेको १५ लाख बराबरको फर्निचरलगाएत समान , गर गहना र नगद बोकेर अर्कै पुरुषसँग फरार भएको बताएका छन् ।

उनले उजूरी दर्ता गराए लगत्तै प्रहरीले सरस्वती र उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेकोमा सरस्वतीलाई साधारण तारिखमा छोडेको थियो । सम्बन्ध विच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख २५, २०७६१०:५८

प्रेम तथा विवाहकै लागि यी बलिवुड कलाकारहरुले धर्मनै परिवर्तन गरेका थिए !