प्रेम तथा विवाहकै लागि यी बलिवुड कलाकारहरुले धर्मनै परिवर्तन गरेका थिए !

भनिन्छ मानिसले मायामा परेपछि जस्तोसुकै काम पनि गर्न तयार हुन्छन। कतिपय मानिस मायाका लागि ज्यान दिन तयार हुन्छन त कतिले धर्म र परिवार नै त्याग गर्ने गर्छन। तर बलिवुडका यस्ता कलाकर्मीहरु जसले प्रेमका नाममा आफ्नो धर्म नै बदल्न बाध्य भएका थिए।  ति को को हुन् त

धर्मेन्द्र

बलिवुडमा सफल कलाकार धर्मेन्द्रले सन् १९९७ मा धर्म परिवर्तन गरि इस्लाम धर्मलाई अपनाएका थिए। उनको धर्म परिवर्तनको एक मात्र कारण थियो हेमा मालिनी।  धर्मेन्द्र मालिनीलाई एकदमै माया गर्थे र उनीसंगै बिवाह पनि गर्न चाहन्थे तर हिन्दु मान्यता अनुसार एक भन्दा बढी बिवाह गर्नु मान्य नभएकाले आफ्नो सम्बन्धलाई नाम दिनका लागि नै धर्मेंद्रले हिन्दु त्यागी इस्लाम धर्मलाई रोजेका हुन्।

शर्मिला टैगोर

शर्मिला टैगोर रनवाब मंसूर अली खान खानको प्रेम सम्बन्धको बारेमा थाहा नहुने सायदै होलान। शर्मिला हिन्दु परिवारमा जन्मिएकी हुन् तर मन्सुर अलिको श्रीमती हुनकै लागि उनले आफ्नो धर्म बदलेकी हुन्।

अमृता सिंह

अमृता सिंहको जन्म सिख मुस्लिम परिवारमा भएको हो।  उनले सन् १९८३ देखि बलिवुडमा डेब्यु गरेकी हुन्।  मर्द तथा बेताज जस्ता चलचित्रमा कम गरि सफलताको स्वाद चाखिसकेकी छिन।  अभिनेता सैफ अलि खानसँग बिवाह गरे पश्चात अमृताले धर्म परिवर्तन गरि इस्लाम धर्मलाई अपनाएकी हुन्।

ए.आर रहमान

भारतीय संगीतलाई नया उचाई दिन सफल स्वर सम्राट ए.आर रहमानले पनि धर्म परिवर्तन गरेका हुन्।  उनि हिन्दु परिवारमा जन्मिएका थिए।  त्यतिबेला उनको नाम ए एस दिलीप कुमार थियो।  रहमानको बायोग्राफी ‘द स्प्रिट अफ म्युजिक’का अनुसार उनले एक ज्योतिषको सल्लाह अनुसार आफ्नो असली नाम र धर्म परिवर्तन गरि हिन्दुबाट इस्लाम धर्मलाम्वी भएका हुन्।

प्रकाशित : बिहिबार, बैशाख २६, २०७६१२:३९

अलियाको विवाहलाई लिएर माता सोनीले गरिन यस्तो खुलासा !