अलियाको विवाहलाई लिएर माता सोनीले गरिन यस्तो खुलासा !

एजेन्सी , बलिवुडकी  सफल अभिनेत्री आलिया भट्टको अभिनयको तारिफ नगर्ने सायदै होलान।  उनले आफ्नो कुशल अभिनय कलाका कारण लाखौ दर्शकको मन जित्न सफल भईसकेकी छिन।  पछिल्लो समयमा आलिया र अभिनेता रणवीर कपुरको विवाहलाई लिएर पनि सिने क्षेत्रमा ठुलै चर्चा चल्न  थालेको छ।  हालसालैको खबर अनुसार रणवीर र दीपिका पश्चात रणवीर र आलियाले पनि इटालीको लेक कोमोमा बिवाह गर्न सक्ने खबर बाहिरिएको छ।  तथापी अलियाकी माता सोनी राजदानले भने यो कुरा कुनै हालतमा पनि साचो नभएको जानकारी दिएकि छिन।

सोनी राजदानले आलिया र रणवीरको बिवाह अहिले नै नहुने कुरा बताएकी छिन। यी दुई हाल युरोपमा छुट्टी मनाईरहेका र केहि समय पछि इटाली जाने बताईएको छ। यसै खबरले गर्दा दीपिका र रणवीरले जस्तै रणवीर र आलियाले पनि कतै इटालीमा गएको मौकामा बिवाह गर्ने त होइन भन्ने धेरैमा भ्रम पैदा भएको छ।

पछिल्लो बर्ष सोनम कपुरको विवाहको अवसरमा यी दुईले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलाएका थिए। र केहि समय अघि नै रणवीर आलियाको यहि बर्षको सुरुवातमा नै बिवाह हुन सक्ने पनि बताईएको थियो।

आलिया रणवीर यस समय अयान मुखर्जीको चलचित्र ‘ब्रह्मास्त्र’ मा ब्यस्त रहेका छन। उनका साथमा चलचित्रमा अमिताभ बच्चनलाई पनि देख्न सकिने छ भने चलचित्र यस बर्षको डिसेम्बर २० मा प्रदर्शनमा आउने समेत जानकारी गराईएको छ।

 

प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६०५:४१

सलमानले जुराए यी अभिनेत्रीको नयाँ नाम ,आलिया थिईन यसको कारण !