सलमानले जुराए यी अभिनेत्रीको नयाँ नाम ,आलिया थिईन यसको कारण !

एजेन्सी , बलिवुड अभिनेत्री कियारा आडवाणी पछिल्लो समय निकै नै चर्चामा  रहेकी छिन।  उनि चर्चामा रहनुको मात्र कारण उनको नाम परिवर्तन गर्नु हो।

कियारा हालसालै दिएको एक जानकारी अनुसार अभिनेता सलमाननायिका आलिया भट्टको नामको कारणले गर्दा कियारालाई आफ्नो नाम परिवर्तन गर्ने सल्लाह गरेका थिए। जुन कुराको खुलासा कियाराले खानले ‘फीट अप विद द स्टार्स सीजन २ ‘ मा गरेकी हुन्।

आलिया कियाराको अफिसियल नाम हो। चलचित्रमा प्रवेश गरे पश्चात सलमानले एकै उद्योगमा समान नाम गरेका २ अभिनेत्री हुन नसक्ने र नाम परिवर्तन गर्ने सुझाव दिए पछि नै उनले आफ्नो नाम आलियाबाट  परिवर्तन गरेर कियारा राखेकी हुन्।

नाम परिवर्तन गरे पछि अब भने कियाराका माता पिताले पनि उनलाई आलिया भन्दा बढी कियारा नामले नै बोलाउने गरेको उनले बताईन।

प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६०७:०४

‘किक २’ मा सलमानकी हिरोइन बन्लिन त दीपिका !