‘किक २’ मा सलमानकी हिरोइन बन्लिन त दीपिका !

एजेन्सी , बलिवुड अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोण अब छिट्टै नै चलचित्रको पर्दामा एकसाथ देखिने भएका छन। पछिल्लो समयमा दीपिकाले  चलचित्र ‘किक २’ मा सलमानका साथमा काम गर्न सक्ने खबर बाहिरिएको छ। जुन चलचित्रप्रेमी  दर्शकका लागि खुसीको खबर बन्न पुगेको छ।

यस भन्दा अगाडी यस चलचित्रमा  सलमानका साथमा जैकलीन फर्नांडीज़ देखिन सक्ने बताईएको थियो अन्तत अब भने सलमानका साथमा चलचित्र ‘किक २’ मा अभिनेत्री दीपिकाको केमेस्त्री जम्ने भएको छ।

सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र किकमा सलमानका साथमा अभिनेत्री जैकलीन फर्नांडीज़लाई मुख्य भूमिकामा देखिएको थियो। उक्त चलचित्रबाट जैकलीनले दर्शकहरुको उत्साहपूर्ण साथ र हौसला समेत पाउन सफल भएकी थिइन।  यस चलचित्रमा जैकलीन र सलमानका अलवा नवाजुद्दीन सिद्दीको समेत मुख्य भूमिका रहेको थियो।

 

प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६०९:३०

‘स्टुडेन्ट अफ द ईयर २’ को शानदार सुरुवात , पहिलो दिनमा गर्यो यतिको व्यापार !