‘स्टुडेन्ट अफ द ईयर २’ को शानदार सुरुवात , पहिलो दिनमा गर्यो यतिको व्यापार !

एजेन्सी , गत शुक्रवार अर्थात् मे १० गतेदेखि  प्रदर्शनमा आएको करण  जोहर निर्मित चलचित्र स्टुडेन्ट अफ द ईयर २ ले चलचित्र बजारमा सुरुवाती दिनमा नै शानदारको प्रदर्शन गर्न सफल भएको छ। यो चलचित्र सन् २०११ मा प्रदर्शनमा आएको चलचित्र ‘स्टुडेन्ट अफ द ईयर’ को सिक्वेल हो। चलचित्रमा टाइगर श्रॉफ, अनन्या पांडे तथा तारा सुतारियाको मुख्य भूमीका रहेको छ।  तारा र अनन्याले यसै चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन्।  चलचित्रमा अनन्याको कामको चैतार्फी तारिफ समेत भईरहेको छ।

चलचित्रलाई चलचित्र समिक्षकद्वारा मिश्रित प्रतिक्रिया आइरहेको छ। हालै मात्र चलचित्रको एक दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरिएको छ।  जहाँ कि चलचित्रले प्रदर्शनको सुरुको दिनमा नै लगभग १२ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ। चलचित्र वितरक तरण आदर्शले सामाजिक संजालमा चलचित्रको एक दिनको कलेक्सनको बारेमा बताएका छन।  उनका अनुसार चलचित्रले सुरुवाती दिनमा नै १२.६ करोडको व्यापार गरेको छ।  यसका साथै ‘स्टुडेन्ट अफ द ईयर २’ टाइगरको सबैभन्दा बढीको व्यापार गर्न सफल दोस्रो चलचित्र बन्न सफल भएको छ।  यस भन्दा पहिले उनि अभिनित चलचित्र बाघीले बक्स अफिसमा सबैभन्दा बढीको व्यापार गर्न सफल भएको थियो।

‘स्टुडेन्ट अफ द ईयर’ भन्दा यसको कथावस्तु केहि फरक रहेको समेत बताईएको छ।  चलचित्रलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् भने यो करण जोहर निर्मित र धर्मा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र हो।

प्रकाशित : आइतबार, बैशाख २९, २०७६०६:२१

क्यान्सरको उपचार सफल भए पछि छिट्टै नै भारत फर्कने तयारीमा ऋषि कपूर !