क्यान्सरको उपचार सफल भए पछि छिट्टै नै भारत फर्कने तयारीमा ऋषि कपूर !

एजेन्सी , पछिल्लो केहि वर्ष अघिदेखिबाट  बलिवुड कलाकार ऋषि कपूर स्वास्थ्य सम्बन्धी विभिन्न समस्यासंग जुध्दै आइरहेका छन।  तर हाल भने उनले न्युयोर्कको एक अस्पतालमा आफ्नो स्वास्थ्य जांच गराईरहेका छन।  केहिसमय अघिदेखि उनि क्यान्सर रोगले ग्रसित भएका थिए।

कलाकार ऋषिका पुत्र अभिनेता रणवीर कपुरले शनिवार एक अन्तर्वार्तामा बताए अनुसार ऋषि अबको २/३ महिना भित्रमा स्वास्थ्य जांच गरि भारत फर्किने जानकारी दिएका छन। साथै रणवीरले उनि पहिले कै अवस्थामा फर्किनका लागि केहि समय अझै कुर्नु पर्ने समेत बताएका छन।

केहि समय अघि मात्र चलचित्र निर्माता राहुल रावैलले ऋषि कपूर क्यान्सर देखि मुक्त भएको भन्दै सामाजिक संजाल मार्फत उनका केहि तस्बिर शेयर गरेका थिए।  हाल उनको अस्पतालमा क्यान्सरको उपचार भईरहेको र भारत फर्कन अझै केहि समय लाग्ने र उनि भारत फर्किएपश्चात कपुर परिवारको ऐतिहासिक स्टुडियो आर के स्टुडियो पुन संचालनमा ल्याउने प्रतिबद्धता समेत रणवीरले यसै अन्तर्वार्ता मार्फतजानकारी दिएका छन।

प्रकाशित : आइतबार, बैशाख २९, २०७६०९:१८

‘सत्ते से सत्ता’ को रिमेकमा एकसाथ चलचित्रको पर्दामा देखिदै शाहरुख र कट्रिना !