‘सत्ते से सत्ता’ को रिमेकमा एकसाथ चलचित्रको पर्दामा देखिदै शाहरुख र कट्रिना !

एजेन्सी , बलिवुड अभिनेता अमिताभ बच्चन र हेमा मलिनिद्वारा अभिनित चलचित्र’ सत्ते से सत्ता’को रिमेक बन्ने हल्ला पछिल्लो केहि समय देखि चलचित्र बजारमा चल्दै आइरहेको छ। जानकारीमा आए अनुसार चलचित्रलाई फराह खानका साथ रोहित शेट्टीले आफ्नो प्रोडक्सन मार्फत निर्माण गर्ने तयारी गरिएको छ। चलचित्रको लगभग काम सकिसकेको र कलाकारहरुको पनि फाइनल भईसकेको छ। निर्माताका अनुसार अभिनेता शाहरुख खान र अभिनेत्री कट्रिना कैफलाई एकसाथ चलचित्रको पर्दामा ल्याउने तयारी रहेको छ।

चलचित्र जिरोको असफलता पछि शाहरुखलाई कुनै पनि चलचित्रको पर्दामा देखिएको छैन यदि यो चलचित्रमा काम गर्ने सहमति जनाएको खण्डमा शाहरुख र कट्रिनालाई हामीले तेस्रो पटक चलचित्रको पर्दामा एक साथ देख्न पाउने छौं। स्रोतको जानकारी अनुसार फराह खानको पहिलो रोजाई सदैब शाहरुख खान हुने भएकाले यस चलचित्रमा देखिन सक्ने बढी सम्भावना रहेको बताईएको छ।

शाहरुख र कट्रिना चलचित्र ‘ह्याप्पी न्यु इयर’ पश्चात कुनै पनि चलचित्रमा एकसाथ देखिएका छैनन त्यसकारण यी दुईले एकसाथ चलचित्रमा काम गर्ने खबर चलचित्रप्रेमि दर्शकका लागि खुसीको खबर बन्न सक्छ। चलचित्र निर्माता टिमले शाहरुख र कट्रिनालाई स्क्रिप्ट पढ्न दिइसकेको र अब केवल साइन मात्र गर्न बाकी रहेको जानकारीमा आएको छ।

 

प्रकाशित : सोमबार, बैशाख ३०, २०७६०६:१६

यी हुन् साउथ चलाचित्र हुदै बलिवुड डेब्यु गर्ने सफल अभिनेत्रीहरु !