यी हुन् साउथ चलाचित्र हुदै बलिवुड डेब्यु गर्ने सफल अभिनेत्रीहरु !

दीपिका पादुकोण , प्रियंका चोपडा , तापसी पन्नु लगायतका यी चर्चित अभिनेत्रीहरुले आफ्नो अभिनय करियर साउथ इन्डियन चलचित्रबाट गरेका हुन्। यी बाहेक बलिवुडका अन्य अभिनेत्रीले पनि साउथ चलचित्र मार्फत नै बलिवुडमा डेब्यु गरेका छन।  ति अभिनेत्रीहरु को को हुन् त आउनुहोस एकै छिन चर्चा गरौँ ;

१. दीपिका पादुकोण

दीपिका बलिवुडमा पछिल्लो समयमा सबैभन्दा व्यस्त अभिनेत्री मध्ये एक हुन्। उनि आफ्नो कुशल अभिनय कलाका कारण सबैको मन मस्तिष्कमा बस्न सफल भएकी छिन। दीपिकाले सन् २००६ साल देखि चलचित्र ‘ऐश्‍वर्या’ मार्फत सिने नगरीमा पाइला चालेकी हुन् भने बलिवुडमा भने ‘ओम शांति ओम’ चलचित्रबाट उनले बलिवुडमा डेब्यु गरेकी हुन्।

२. ​ऐश्‍वर्या राय बच्‍चन

पुर्व मिस वर्ल्ड ऐश्‍वर्या राय बच्‍चनलाई विश्वको सबैभन्दा राम्री महिलाको रुपमा नम्बर १ मा राखेर हेर्ने गरिन्छ। बलिवुड डेब्यु गर्नु पुर्व उनले सन् १९९७ मा प्रदर्शनमा आएको मणि रत्‍नमद्वारा  निर्मित तमिल चलचित्र ‘इरुवा’ मार्फत अभिनय यात्राको सुरुवात गरेकी हुन्। यसपछि उनले सोहि वर्ष चलचित्र ‘और प्‍यार हो गया’ देखि बलिवुड उद्योगमा प्रवेश गरेकी हुन्।

३. ​प्रियंका चोपड़ा

प्रियंकाले  आफ्नो कला कौशलताका कारणले गर्दा हाल बलिवुडमा मात्र नभई हलिवुड उद्योगमा पनि छुट्टै स्थान बनाउन सफल भैसकेकी छिन। तर कतिपयलाई थाहा नहुन पनि सक्छ प्रियंकाले पनि चलचित्र क्षेत्रको सुरुवात तामिल पोलिटिकल ड्रामा चलचित्र ‘थामिजहन’ मार्फत गरेकी हुन्।

​४. कृति सेनन

कृतिले अभिनयको सुरुवात सन् २०१४ सालमा प्रदर्शनमा आएको तेलुगु चलचित्र  नेनोक्काडिने मार्फत गरेकी हुन्।  यस पश्चात चलचित्र हिरोपंथी भने कृतिको बलिवुड डेब्यु चलचित्र हो।

​५. तापसी पन्‍नू

तपसीलाई  बलिवुड उद्योगकी सबैभन्दा प्रतिभाशाली अभिनेत्रीको रुपमा मान्ने गरिन्छ। उनि आफ्नो अभिनयले सबै दर्शकमा माझ परिचित छिन। उनले सन् २०१० मा प्रदर्शनमा आएको रोमान्टिक म्युजिकल तेलुगु चलचित्र ‘झुम्मंडी नाडाम’  मार्फत चलचित्र यात्रा तय गरेकी हुन्। यसपछि पनि उनले तामिल र मलयालम चलचित्रमा अभिनय गरेकी थिइन् । ‘चश्‍मे बद्दूर’  तपसीको पहिलो बलिवुड डेब्यु चलचित्र हो।

६. श्रीदेवी

स्वर्गीय अभिनेत्री श्रीदेविले चार बर्षको उमेर देखि चलचित्रमा कम गर्न थालेकी हुन्।  उनको अभिनयमा डेब्यु तमिल चलचित्र ‘कन्दन करुनै’ बाट भएको हो। यस पश्चात उनले केहि साउथ इन्डियन चलचित्रमा समेत काम गरेको थिइन्। सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘सोलवां सावन’ श्रीदेविको बलिवुडको  डेब्यु चलचित्र हो।

प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६१०:०२

४ बर्ष अघि मिस वर्ल्ड मानुषी यस्ती देखिन्थिन , तस्बिरमा हेर्नुहोस !