४ बर्ष अघि मिस वर्ल्ड मानुषी यस्ती देखिन्थिन , तस्बिरमा हेर्नुहोस !

सन् २०१७ मा मिस वर्ल्डको उपाधि जित्न सफल मानुषी छिल्लर आजबाट २२ बर्षमा प्रवेश गरेकी छिन। उनको जन्म भारतको हरियाणा भन्ने ठाउमा भएको हो। मिस वर्ल्डको उपाधि जित्नु  भन्दा अघि उनि यस्तो देखिन्थिन जसलाई हामी अहिले तस्बिरमा हेरेर पहिल्याउन सक्दैनौ।

मानुषीका परिवार बिगत लामो समय देखि दिल्लीमा बस्दै आइरहेका छन। मिस वर्ल्डमा सहभागी हुनुपुर्व मानुषी मेडिकलको बिद्यार्थी थिइन्। मिस वर्ल्डको उपाधि जिते  पश्चात उनले आफ्नो पढाईमा एक बर्षको ग्याप लिएकी थिइन्। एक बर्ष पश्चात उनि फेरि आफ्नो पढाईलाई निरन्तरता दिनपट्टि लागेकी छिन।

जन्मदिनको अवसरमा मानुषीका सन् २०१५ को केहि तस्बिर सार्वजनिक गरिएको छ जुन तस्बिरमा उनलाई बिल्कुलै फरक देखिएको छ।  मानुषीलाई यस अवस्था सम्म आइपुग्नका लागि ठुलै पॉरिश्रम र मेहनत गर्नुपरेको यस तस्बिरबाट प्रस्टै देख्न सकिन्छ ।

मानुषीले १७ बर्ष पछि भारतबाट मिस वर्ल्डको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन्।  मानुषी भन्दा पहिले सन् २००० मा अभिनेत्री प्रियंका चोपडा मिस वर्ल्ड बन्न सफल भएकी थिइन्।  मिस वर्ल्ड जिते पश्चात मानुषी विभिन्न इवेन्ट र अवार्ड शो मा ब्यस्त रहदै आइरहेकी छिन।

मानुषीका सबै  परिवार चिकित्सा पेशामा आवद्ध रहेका छन।  उनका पिता बासु छिल्लर भारतको रक्षा अनुसन्धान एवम विकास संगठनमा बैज्ञानिकको भूमिकामा कार्यरत  छन भने उनकी माता निलम बायोकेमिस्ट्रीको एमडी  हुन्।

manushi chhillar

 

 

 

प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६१२:२४

सारा र कार्तिक आर्यनको कारमा बसेको तस्बिर सामाजिक संजालमा भाइरल बन्दै !