सारा र कार्तिक आर्यनको कारमा बसेको तस्बिर सामाजिक संजालमा भाइरल बन्दै !

एजेन्सी , बलिवुड अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यनको प्रेम सम्बन्धलाई लिएर हाल चलचित्र बजारमा चर्चा चल्न थालेको छ। पछिल्लो समय यी दुईको संगै कारमा बसेको तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। यी दुई हाल चलचित्र ‘लभ आजकल २’ को छायांकनमा ब्यस्त रहेका छन। यसै चलचित्रको सुटिंगको क्रममा कार्तिक र सारा बढी नजिकिएका हुन्।

केहि समय  भन्दा पहिले कार्तिक साराको घरबाट भाग्दै गरेको एक तस्बिर सामाजिक संजालमा अत्यन्तै भाइरल भएको थियो।  साराले कारण जोहरको टक शो मा आफुले कर्तिकका साथमा डेट गर्न चाहेको कुरा पिताकै सामु कार्यक्रम खुलाएकी थिइन्। त्यसै समयदेखि नै यी दुईको सम्बन्धको चर्चा बढेको हो।

चलचित्र लभ आजकल २ को सुटिंग पश्चात यी दुईको जोडिलाई इम्तियाज अलीको चलचित्रमा देखिने सम्भावना बढेको छ। तर अझै पनि चलचित्रको नाम भने घोषणा गरिएको छैन।

प्रकाशित : बुधबार, जेठ ०१, २०७६०६:२४

कान्स फिल्म फेस्टिवलको रेड कार्पेटको पहिलो दिन यस्ता देखिए हलिवुड अभिनेत्रीहरु, हेर्नुहोस !