औषधीय गुणले भरिपुर्ण अम्बाको सेवनले हुनेछ स्वास्थ्यमा नसोचेको लाभ , जानिराखौं

अम्बा एक प्रकारको मिठो र स्वादिष्ट फल हो।  अम्बमा क्यालोरी कम र चिनीको मात्रा पनि कम हुन्छ जसले गर्दा हाम्रो शरीरको अनावश्यक तौल घटाउनका लागि अतुलनिय योगदान पुर्याउछ। आज हामी अम्बा खानाले स्वास्थ्यमा  हुन सक्ने फाइदाहरुको बारेमा जानकारी दिन जादै छौं ,

के के छन त अम्बा खानुका फाइदाहरु ?

-अम्बामा पर्याप्त मात्रामा प्रोटिन र फाइबर पाइने हुनाले मेटाबोलीजममा सुधार हुन्छ। -दांत दुखेको बेलामा अम्बाको पात चपाउनाले उचित लाभ हुन्छ। -यसले कोलेस्टोरेल तथा मुटुरोग हुने खतरा समेत कम हुन्छ।

-अम्बा खानाले अनावश्यक मोटोपन समेत नियन्त्रण हुन्छ। -यसमा भएको भिटामिन बि ६ ले स्मरण शक्तिलाई मजबुत बनाउछ। -क्यान्सर रोगको लागि समेत अम्बाको सेवन प्रभावकारी हुन्छ। -यसको पातमा एन्टीइन्फ्लेमेटरी प्रपर्टी पनि पाइने हुनाले जोर्नी दुखेको वा वाथ लागेको मानिसका लागि पात चबाउँदा फाइदा पुग्ने देखिन्छ।

-अम्बाको अचार वा जुस बनाएर पनि खान सकिन्छ। -अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । डन्डिफोरको समस्याबाट ग्रसितहरुका समेत अम्बाको पातको उपयोग गर्नु जरुरी हुन्छ। – प्राय अम्बाको फल मात्र खाने गरिन्छ तर यसको फल भन्दा पात बहु उपयोगी हुन्छ।

अम्बाको पातको सेवन गर्नाले स्वास्थ्यमा पुग्न सक्ने लाभहरु के के हुन त ?

-अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ । -अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निने लगायतका समस्या समाधान गर्छ ।

-अम्बाको पातले दाँत, घाँटीको दुखाइलाई समेत निको पार्दछ। -अम्बाको पातलाई पिसेर सहि तरिकाले उपयोग गर्न सकेको खण्डमा कपालको वृद्धि र विकाश तिब्र गतिमा हुन सक्छ।

यसरी आफ्नै घर वरपर पाइने यी र यस्ता कुराहरुको उचित रुपमा प्रयोग गर्न सकेको खण्डमा स्वास्थ्यमा बिशेष लाभ मिल्ने देखिन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०८:१८

गर्मीको समयमा एसी या कुलरमध्ये स्वास्थ्यका लागि कुन फाइदाजनक, जान्नुहोस !