हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन , कति बर्षका भए त उनि

बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ। उनि आफु रुन्छन ,तर अरुलाई कहिल्यै रुवाउदैनन। सबैको आसु एकै छिनको लागि आफै लिईदिन्छन अनि उनीहरुलाई मजाले हसाई दिन्छन। हास्दा धेरै संग हास्छन अनि रुदा एक्लै रुन्छन उनि। उनले नेपालको कलाकारिता क्षेत्रको लागि दिएको योगदानको त झन कदर गरेर सकिदैन होला सायद।२००७ साल बैशाख २४ गते काठमाडौँको जितपुर फेदीमा जन्मिएका उनि आजको दिनबाट ६९ बर्षमा प्रवेश गरेका छन।

सानै देखि गायन र कलाकारितामा रुचि भएका उनले यस क्षेत्रमा पनि चार दशक बढी बिताईसके। अझ उनको लोकप्रियताको कुरा गर्नु पर्दा उनि देशमा मात्र नभई विश्वका थुप्रै राष्ट्रहरुमा समेत चर्चित छन्। नाटक ,हास्य प्रहशन, टेली चलचित्र ,रेडियो कार्यक्रम ,विज्ञापन ,संदेश मुलक जानकारी र चलचित्र समेत निर्माण गरिसकेका उनको ‘महको म’ नामको आत्म कथा समेत सार्वजनिक भैसकेको छ।महको’ ह ‘ अर्थात हरिबंश आचार्यसंगको उनको सहकार्य पनि खुबै फाप्यो।

आफ्नो सफल ४ दशकको यात्रामा उनीहरु संगै छन् र संगै रहने छन्। मह संचार नामको उनीहरुको प्रोडक्सन कम्पनि समेत रहेको छ। जसबाट चलचित्र ,टेली चलचित्र तथा विज्ञापनहरु निर्माण गारिन्छ। हाल मह संचारको प्रस्तुतिमा रहेको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनरत रहेको छ।मदन कृष्ण श्रेष्ठ केहि वर्ष देखि ‘पार्किन्सन’ नामको रोग बाट पनि पिडित छन। आफ्नो रोग र समस्यालाई थाति राखेर उनि काम र कर्तब्यबाट कहिल्यै बिमुख हुदैनन्। त्यसैले पनि उनि सबैका प्रिय कलाकार हुन सफल भएका हुन्।

मिलनसार अनि कलाको पारखी मदन कृष्ण श्रेष्ठलाइ बिगुल न्युजको तर्फबाट सुस्वास्थ्य तथा ६९ औ जन्म दिनको लाखौ लाख शुभकामना

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०९:१०

१ सय २६ घण्टा नाचेर विश्व कीर्तिमानी राख्न सफल भईन ; बन्दना नेपाल !