१ सय २६ घण्टा नाचेर विश्व कीर्तिमानी राख्न सफल भईन ; बन्दना नेपाल !

काठमाडौँ , काठमाडौँको नारायणस्थानमा बस्दै आएकी १७ बर्षिया बन्दना नेपालले १ सय २६ घण्टासम्म निरन्तर शास्त्रीय नृत्य नाचेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छिन। शुक्रवार बिहान ७ बजे देखि बुधवार १२ बजेर २६ मिनेट सम्म निरन्तर नाचेर उनले यस भन्दा पहिलाको रेकर्ड तोडेकी हुन्।

यस भन्दा पहिला केरलाकी कलामण्डलमले  १ सय  १४ घण्टा नाचेर बिश्व रेकर्ड राखेकी थिइन् तर बन्दनाले यस रेकर्डलाई पछि पार्दै बिश्वको सबैभन्दा लामो समय नाचेर बिश्व कीर्तिमानी राख्न सफल महिलाको सुचिमा सुचिकृतहुन सफल भएकी छिन।

वर्ल्ड रेकर्डको नियम अनुसार उनले सबै नियम पालना समेत गरेकी छिन जहाँ  नियम अनुसार नाचेको प्रति घण्टा ५ मिनेट शौचालय जान र पानी पिउन समय दिईएको थियो।  गत बर्ष केरलामा नृत्य सिक्न जादा त्यहाको महिलाले नाचेर बिश्व कीर्तिमानी राखेको भन्ने सुने पछि उनले पनि यस रेकर्डलाई तोड्ने मनसाय बनाएकी थिइन्।

बन्दनाले नृत्य  प्रशिक्षिकाको रुपमा नारायणस्थानमा डान्स सेन्टर संचालन समेत गर्दै आईरहेकी छिन।

 

 

प्रकाशित : बिहिबार, बैशाख २६, २०७६११:११

संस्कृतिका युग पुरुष सत्यमोहन जोशीको आज १०० औँ जन्मदिन !