संस्कृतिका युग पुरुष सत्यमोहन जोशीको आज १०० औँ जन्मदिन !

काठमाडौँ , सत्य मोहन जोशी शुभचिन्तकले सुभेच्क्षा या आशिर्वाद दिनु पर्यो भने के भन्नु हुन्छ ? पक्कै पनि ‘सय वर्ष सम्म बाँच्नु ,ठुलो मान्छे हुनु’। तर उनि ठुला मान्छे पनि हुन् र १०० वर्षका पनि हुन् । पक्कै पनि उनि सत्य मोहन जोशी जो नेपालमा वरिष्ट संस्कृतिविदको रुपमा चिर परिचित छन्। सत्यमोहन जोशीले आजको दिनबाट ९९ यौं वर्ष पार गरि १०० यौं वर्षमा प्रवेश गरेका छन्।

उनको जन्म वि.स.१९७७ बैशाख ३० गते बखुम्बहाल ललितपुरमा बाबु शंकर जोशी र आमा राजकुमारी जोशीको कोखबाट भएको हो।जोशी एक सय वर्षमा प्रवेश गरेको अवसर पारेर ललितपुर महानगरपालिकाले महानगरमा सार्वजनिक बिदा दिएको छ।२०७६ साल बैशाख ३० गतेबाट २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको छ।

सामान्य परिवारमा जन्मिएका उनि नेपालका विभिन्न ठाउँमा गएर लोक संस्कृति र गित संगीतको बारेमा खोजि गरे र पुस्तक छपाए। ‘लोक संस्कृति’ नामको उक्त पुस्तकले पहिलो पटक २०१३ सालमा मदन पुरस्कार प्राप्त गरे। त्यस पछी ‘ लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरुको खोज तलास गरे र यही सेरोफेरोमा २०१७ मा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तक र २०१८ सालमा ‘कर्णाली लोक संस्कृति नामक पुस्तकबाट मदन पुरस्कार जित्न सफल भए। उनि तिन पटक सम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्ति हुन्।

सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् भने उनले दुई वटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखेका छन्। समालोचकहरुले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन्। तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ।

संस्कृति सम्बन्धी योगदान दिए वापत नै धेरै राष्ट्रिय सम्मान प्राप्त गरिसकेका उनको अझ रोचक कुरा त के हो भने उनि हाल सम्म पनि बिहान देखि बेलुका सम्म काममा नै व्यस्त भैरहन्छन भने घरको सिंडीहरु तल माथि गर्न पनि सक्छन। अझ उनि भन्छन ,मलाई अहिले सम्म कुनै रोग लागेको छैन र कुनै औषधी सम्म पनि खानु परेको छैन। नेपाली सस्कृतिका यस्ता महान व्यक्ति सत्य मोहन जोशीलाई १०० औं जन्म उत्सबको अवसरमा बिगुल न्युजको तर्फबाट लाखौ लाख शुभकामना ।

प्रकाशित : सोमबार, बैशाख ३०, २०७६०७:१०

आज ३८ औँ जन्मदिन मनाउदै पोर्नस्टार सन्नी लियोनि !