कलियुगमा आएर भगवानप्रति यति धेरै निष्ठा राख्ने मानिस सायदै होलान। यसैमा छत्तीसगढ़का रामनामी सम्प्रदायमा यस्तो सम्म देख्न पाइन्छ कि यहाका मानिसहरुले आफ्नो पुरै शरीरमा राम नाम लेख्दछन। यो परम्परा यस स्थानको सबैभन्दा महत्वपुर्ण संस्कृतिको हिस्सा बन्न पुगेको छ जहाँ भगवानलाई शरीरको हर स्थानमा नाम लेखेर राख्ने प्रचलन रहेको छ। आखिर यस स्थानका मानिसले बागवान रामका लागि यति धेरै त्याग किन गर्छन।
छत्तीसगढ़का जांजगीर-चांपाको एक सानो गाउँमा सन् १८९० तिर एक दलित युवा परशुरामले सर्वप्रथम रामनामी सम्प्रदायको स्थापना गरेका थिए। केरिब १०० बर्ष भन्दा लामो समयदेखि चलि आएको परम्परामा यस समुदायका मानिसले पुरै शरीरमा राम नामको ट्याटु बनाउने गर्छन तर यिनीहरु न त कुनै मन्दिर जान्छन न त भगवानको मुर्तिको पुजा नै गर्छन। यस्तो खालको ट्याटुलाई यहाको स्थानीय भाषामा गोदना भन्ने गरिन्छ।
यस स्थानमा रामनामी सम्प्रदायका मानिस १ लाख भन्दा बढी रहेका छन। उनीहरुलाई शरीरमा यस्तो प्रकारको ट्याटु बनाउनु सामान्य हो। तर पछिल्लो समयमा भने रामनाम वाला शरीरमा ट्याटु बनाउने परम्परा केहि कम हुदै गएको छ। अध्ययन तथा कामका शिलशिलामा यहाका अधिकांश युवाहरु बाहिर जानुपर्ने भएकाले पछिल्लो समय यहाका युवाहरु शरीरमा यस्तो खालको ट्याटु खोपाऊन रुचाउदैनन। तथापी पुरै शरीरमा नभएपनि शरीरका केहि भागमा रामनाम लेखेर युवा पुस्ताले पनि कुनै न कुनै तरिकाबाट संस्कृतिको जगेर्ना गरिरहेका छन।
मान्यता अनुसार यहाको रामनामिको पहिचान शरीरमा राम राम लेखेको अवस्था हेरी हुने गर्छ। जस्तै कि शरीरको कुनै निश्चित स्थानमा नाम लेखाउनेको नाम रामनामी , टाउकोमा नाम लेखाउनेको नाम शिरोमणि ,पुरै टाउकोमा नाम लेखाउनेको नाम सर्वांग रामनामी र शरीरकपुरै भागमा नाम लेखाउनको नाम नखशिख भन्ने गरिन्छ।
भौगोलिक तथा जातीय आधारमा पिछडिएका यस स्थानका मनिसहरु यस्तो अनौठो खालको परम्पराले गर्दा चर्चामा रहेका छन। मान्यता अनुसार आज भन्दा करिब १०० बर्ष पहिले ठुला जातका मानिसले साना जातिका मानिसलाई मन्दिरमा प्रवेश गर्न दिदैन थिए। यसै क्रममा दलित बर्गले आफ्नो अधिकारको लागि बिरोध गर्दै भगवान कसैको पेवा नभएको भन्दै पुरै शरीरमा भगवानको नाम लेखाएर इश्वरप्रतिको भक्तिभाव देखाउन थालेका हुन्।