भोली मोहिनी एकादशी : कुन राशिलाई कस्तो फल मिल्ला ? हेर्नुहोस् !

भोलि मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको १ गते बुधवार तद अनुसार सन् २०१९ मे १५ तारिख  तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आर्थिक योजनाका कार्यहरु सफलतापुर्वक सम्पादन भएर जानेछन । व्यापार व्यवसायको क्षेत्र लाभदायक रहेको छ।  कामको शिलशिलामा बाहिरको यात्रा हुन सक्ने छ।  बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ।  परोपकारमा मन लाग्नेछ।  शारीरिक स्वस्थता र मनमा उत्साह बढेर जानेछ।  समग्रमा भोलिको तपाईको दिन लाभदायक रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बोलीको प्रभाव बढेर जानेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।  अपेक्षा गरेअनुरुप कार्यमा सफलता मिल्ने छैन।  पेटसम्बन्धी समस्याले सताउन सक्नेछ त्यसैले खानपानमा बिशेष सावधानी अपनाउनु पर्नेछ।  साहित्य लेखनको क्षेत्र्मा रुचि बढ्नेछ।  स्वास्थ्य सामान्य रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक द्विविधाको शिकार भइनेछ। अनावश्यस्क वादविवादमा नाफस्दा नै राम्रो हुनेछ।  आर्थिक कारोवार भोलिको दिन सकेसम्म नगर्दा नै राम्रो हुनेछ।  परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ। यात्राका लागिदिन उचित रहेको छैन।  धर्मकर्ममा मन लगाऊनाले बिशेष लाभ हुने देखिन्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

दाजुभाईको सम्बन्धमा सुमधुरता छाउनेछ। अचानक मित्रभेटको सम्भावना रहेको छ।  परिवारका साथमा आनन्दमय समय रहेको छ।  सोचेका हरेक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजय प्राप्त गर्नेक समय रहेको छ।  भाग्योदय हुने सम्भावना रहेको छ।  सामाजिक तथा आर्थिक क्षेत्र लाभदायक रहेको छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

महत्वपुर्ण निर्णय लिन नसक्नाले कार्यमा ढिलासुस्ती हुन सक्नेछ।पारिवारिक वातावरण सुखमय रहने छ।  अधिक खर्च हुनबाट सकेसम्म बच्नु पर्नेछ।  निर्धारित समयमा सोचे अनुरुपको सफलता प्राप्त गर्न सकिने छैन।  समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन मध्यम रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ। आकस्मिक धन लाभ भएर जाने सम्भावना रहेको छ।  साथी संगीको भरपुर मात्रामा साथ र सहयोग प्राप्त हुनेछ। यात्राको सम्भावना रहेको छ।  समग्रमा कन्या  राशी हुनेहरुका लागि भोलिको दिन लाभदायक रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना हुनेछ। स्वस्थ्यमा सावधानी अपनाउनु पर्नेछ।  आँखासम्बन्धी समस्याले सताउने छ।  अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।  सामाजिक क्षेत्रमा मानहानीको सम्भावना रहेको छ सजक रहनुहोला।  इश्वर आराधना र अध्यात्ममा मन लगाउनाले बिशेष लाभ मिल्ने देखिन्छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। दाम्पत्यजीवन सुखमय रहेको छ।  कार्यमा उच्चाधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  रमणीय स्थलमा घुम्न जाने अवसर मिल्नेछ।  समग्रमा तपाइको  लागि भोलिको दिन सुखमय रहेको छ।  ब

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

नया कार्यको थालनी गर्ने शुभ अवसर मिल्नेछ।  कार्यमा अपेक्षाकृत सफलता प्राप्त हुनेछ।  व्यापार व्यवसायमा सफलता मिल्नेछ।  नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।  पारिवारिक जीवनमा सुख शान्ति प्राप्त हुनेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार वृद्धि भएर जानेछ।  शारीरिक थकानको अनुभूति हुनेछ।  सन्तान सुख मिल्ने छैन।  लामो यात्राको सम्भावना रहेको छ।  प्रतिष्पर्धात्मक क्रियाकलापमा सकेसम्म सहभागी नहुदा नै राम्रो हुनेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

स्वास्थ्यमा समस्या देखिन सक्नेछ। परिवारमा अनावस्यक वादविवाद हुन सक्ला सजक रहनुहोला।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  कार्यमा सफलता मिल्ने छैन।  शत्रुले नकारात्मक समयको फाइदा उठाउन सक्लान सजक रहनुहोला।  आध्यात्ममा मन लगाऊनाले हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

ब्यापारी वर्गका लागि भोलिको दिन अति नै लाभदायक रहेको छ । आम्दानीका नया स्रोतहरु प्रसस्त भेटिने छन। साहित्य लेखनको क्षेत्रमा बिशेष लाभ प्राप्त गर्ने समय रहेको छ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  दाम्पत्यजीवनमा खुसियाली छाउने  छ।  नया बस्त्राभुसण खरिद गर्ने शुभ अवसर मिल्ने छ।

 

प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६१४:०९

भोली जेठ २ गते बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशीफल !