हिन्दु धर्मशास्त्रका अनुसार मंगलवार , बिहिवार र शनिवारको दिन नङ र कपाल काट्नुलाई अशुभ मान्ने गरेको छ। यसको पछाडिको रहस्य बारे यदि तपाईलाई थाहा छै भने तल पढ्नुहोस:
यस कारण यी बार नङ र कपाल काट्नु हुदैन:
बैज्ञानिकहरुका अनुसार मानिसको शरीरको औंलाको माथिल्लो भाग तथा शिर अत्यन्तै संबेदनशील हुने गर्छ। जसको असर क्रमश कपाल र नङमा पर्ने गर्छ । ज्योतिषका अनुसार भने मंगलबार, बिहिबार र शनिबार विभिन्न ग्रह तथा नक्षत्रले ब्रह्माण्डमा भएको अति शुक्ष्म जीवाणुहरु शरीरमा प्रवेश गरि संबेदनशील अंगहरुमा नकारात्मक प्रभाव पार्ने मान्यता रहेको छ।
भनिन्छ मंगलबार, बिहिबार र शनिबारको दिन कपाल या नङ काट्नाले शरीरमा विभिन्न प्रकारका रोग उत्पन्न हुन सक्ने खतरा रहन्छ। यसै कारण ऋषि मुनिहरुले हप्ताको यी तिन दिन कपाल या नङ काट्नुलाई अशुभ मानेको हो।
ज्योतिषीय मान्यता अनुसार मंगलबारको दिन मंगल ग्रहको हुने र यो रगत संग सम्बन्धित हुने भएकाले कपाल काट्नु अशुभ मानिएको हो। त्यस्तै बिहिबार गुरुदेव बृहस्पतिको हुने र जुन हाम्रो बुद्धिसंग सम्बन्धित रहने गर्दछ। साथै शनिवारसंग सम्बन्धित हुन्छ जसको सम्बन्ध हाम्रो त्वाचा संग हुने गर्दछ।
त्यसैले गर्दा मंगलबार, बिहिबार तथा शनिबारको दिन सकेसम्म नङ कपाल नकाट्नुहोस्। यिनीहरुको प्रत्यक्ष सम्बन्ध ग्रहसंग हुने र शरीरमा अनेक समस्या उत्पन्न हुन सक्ने खतरा बढी हुन्छ। यस्ता बिभिन प्रकारका ग्रह तथा नक्षत्रको नकारात्मक प्रभावबाट बच्नका लागि यी तिन दिन भुलेर पनि नङ , कपाल काट्नबाट बिशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। आइतबार , सोमबार, बुधबार र शुक्रबारको दिन कपाल , नङ काट्नुले कुनै दोष नहुने विभिन्न धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ।