यस्तो अचम्मको मन्दिर जहा माता दुर्गालाई भेटि स्वरुप जुत्ता चप्पल चडाईन्छ

अधिकांश मठ मन्दिरमा प्रवेश गर्नुपूर्व जुत्ता चप्पल खोल्नुपर्ने नियम रहेको छ।  तर भारतको मध्ये प्रदेशस्थित एक यस्तो दुर्गा माताको मन्दिर जहा मातालाई भेटि स्वरुप जुत्ता चप्पल चडाउनुपर्ने मान्यता रहेको छ।कोलार नामक जिल्लाको एक पहाडमा निर्मित उक्त मन्दिरलाई सिद्धदात्री पहाड़ावाला मंदिर भन्ने गरिन्छ। साथै यस मन्दिरलाई यहाका स्थानीयवासीहरुले  जीजीबाईका नामले समेत चिन्ने गरेका छन।

धर्मवालम्बीहरुले  यस मन्दिरमा मातासंग आशिर्वाद लिन आउने र पुरा भए पश्चात नयाँ  जुत्ता चप्पल भेटि स्वरुप अर्पण गर्ने गर्छन।  चप्पलका साथ साथ गर्मीको समयमा माता दुर्गालाई चश्मा , घडी तथा टोपी समेत चडाउने गरिन्छ।  यो परम्परा करीब  २० बर्ष अघि देखि चल्दै आइरहेको छ।

शिव पार्वती

यस मन्दिरमा माता दुर्गालाई चप्पल चडाउनुको पछाडिको रहस्य के रहेको छ भने करिब २० वर्ष अगाडी ओम प्रकाश महाराज नामक एक व्यक्तिले यस मुर्तिको स्थापना गरि शिव पार्वतीको विवाह गराईदिएका थिए र आफु स्वयमले नै कन्यादान गराएका थिए। त्यसै अनुरुप उनले माता सिद्धदात्रीलाई छोरीको रुपमा मान्ने गरेका भएकाले उनको हरेक ईच्छा आकांक्षा पुरा गरिदिने प्रतिबद्धताका साथमा यो परम्परा चलिआएको हो।

ओम प्रकाश महाराजले माता दुर्गालाई आफ्नो छोरी जस्तै स्याहार सम्भार गर्ने गरेका छन। उनका अनुसार जीजीबाई माताको लागि देश तथा विदेशका भक्तजनबाट जुत्ता चप्पल भेटि स्वरुप आउने गरेको छ। देशबिदेशबाट प्राप्त जुत्ता चप्पल मातालाई एकपटक चडाई सकेपछि गाउँका अन्य ब्यक्तिलाई प्रसाद स्वरुप बाड्ने गरिएको छ।

 

प्रकाशित : बिहिबार, जेठ ०२, २०७६१२:२७

नारदमुनी आजीवन अविवाहित रहनु कारण यस्तो रहेछ , हेर्नुहोस !