कान्स फिल्म फेस्टिवलमा प्रियंकालाई देखियो यस्तो लुकमा , तस्बिर हेर्नुहोस !

एजेन्सी , गत मे १४ देखि कान्स फिल्म फेस्टिवल २०१९ सुरु भएको छ।  जहाँ बलिवुडका सफल अभिनेत्रीहरु कंगना रनौत, दीपिका पादुकोण र प्रियंका चोपड़ा समेतले सहभागिता जनाएका छन। यस फेस्टिवलको प्रियंका चोपडाको शानदार लुकसामाजिक संजालमार्फत सार्वजनिक गरिएको छ। जुन लुकमा उनलाई आकर्षक देखिएको छ।

प्रियंकालाई  यस फेस्टिवलमा अफ शोल्डर ब्ल्याक कलरको गाउनमा देखिएको छ। कपडा संगै उनले सुहाउदो इयरिङ्ग र आफ्नो कपाललाइ खुल्ला छोडेकी छिन। प्रियंकाको यस तस्बिरलाई उनि स्वयमले  सामाजिक संजाल मार्फत शेयर गरेकी हुन् । उनको यस तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले खुलेरै प्रसंशा गरेका छन।  प्रियंका भन्दा पहिले यस फेस्टिवलमा कंगना र दीपिकाले उपस्थिति जनाईसकेका थिए ।

फेस्टिवल सुरु भएको केहि दिनपछि सबैभन्दा पहिले टिभी एक्ट्रेस हीना खानलाई कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा देखिएको थियो। सोहि अवसरमा हीना अभिनित सर्ट मुभी ‘लाइन्स’ को फर्स्ट लुक समेत सार्वजनिक गरिएको थियो।

केहि समय अघि मात्र मेट गाला २०१९ को प्रियंकाको फरक लुक सामाजिक संजालमा भाइरल भएको थियो। प्रियंकाले  कान्समा पहिलो पटक सहभागिता जनाएकी हुन्। यस फेस्टिवलमा सहभागिता जनाउनका लागि उनि केहि समय वर्कआउटमा ब्यस्त रहेकी थिइन्।

 

प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६०६:१८

कट्रिनाको बिना मेकअपमा क्लिनिकबाट बाहिर निस्कदै गरेको तस्बिर, भयो सामाजिक संजालमा भाइरल !