कट्रिनाको बिना मेकअपमा क्लिनिकबाट बाहिर निस्कदै गरेको तस्बिर, भयो सामाजिक संजालमा भाइरल !

बलिवुड अभिनेत्री कट्रिना कैफको हालसालै मुम्बईको बान्द्रास्थित एक क्लिनिकबाट बाहिर निस्कदै गरेको फोटो सामाजिक संजालमा भाइरल हुन् पुगेको छ। जहाँ उनलाई सामान्य वान पिसमा बिना मेकअपमा देखिएको छ।

कपडाका साथ साथ खुल्ला कपाल र सोहि अनुरुपको जुत्ताले उनको प्राकृतिक सुन्दरतालाई अझ बढी झल्काईरहेको उक्त तस्बिरमा देख्न सकिन्छ।  क्लिनिक बाहिर निस्कदै गर्दा कट्रिनाले क्यामराको अगाडी दिएको मुस्कान दिएकि छिन।  जुन तस्बिरलाई लिएर उनका फ्यानहरुले उनको खुलेरै प्रसंशा गरेका छन।

चलचित्रको बिषयमा कुरा गर्ने हो भने उनि अभिनित चलचित्र भारत जुन ५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ भने छिट्टै नै उनि रेमो डिसूजाको चलचित्रमा समेत देखिने भएकी छिन। चलचित्र भारतमा कट्रिनासंगै  सलमान खान , दिशा पटानी, तब्बू, सुनील ग्रोवर, जैकी श्रॉफ एवम नोरा फतेही जस्ता कलाकारहरुको मुख्य भूमिका रहेको छ।

 

प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६०८:४१

आयुष्मान र प्रियंका अभिनित चलचित्र ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक , हेर्नुहोस ( भिडियो सहित )