आयुष्मान र प्रियंका अभिनित चलचित्र ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक , हेर्नुहोस ( भिडियो सहित )

काठमाडौँ , आउदो जेष्ठ  ३१ गतेबाट प्रदर्शनमा आउन लागेको प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनिती बहुप्रतिक्षित चलचित्र प्रेम दिवशको  ट्रेलर शुक्रवार युट्युब मार्फत सार्वजनिक गरिएको छ। ट्रेलरमा एक युवतीसंग  र दुई युवाबिचको प्रेम कथालाई देखाईएको छ।

मनेष दाहाल निर्माता र संजय न्यौपाने कार्यकारी निर्माता रहेको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन्। साथै चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी बनिश शाहको र मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायांकन रहेको छ।

रियल मोसन पिक्चरको ब्यानरमा तयार गरिएको चलचित्र’ प्रेम दिवश’ मा २ रियल लाइफ प्रेमी आयुष्मान र प्रियंकाका साथै बिशाल खरेल , हेमन्त वुढाथोकी , उत्तम केसी , श्री कृष्ण उप्रेती ,शिवशंकर रिजाल लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६०९:४३

चलचित्र ‘लक्ष्मी बम’ को पोस्टरमा अक्षय कुमारको देखियो यस्तो अचम्मको रुप , हेर्नुहोस !