चलचित्र ‘लक्ष्मी बम’ को पोस्टरमा अक्षय कुमारको देखियो यस्तो अचम्मको रुप , हेर्नुहोस !

एजेन्सी, बलिवुड अभिनेता अक्षय कुमार पछिल्लो समय विभिन्न चलचित्रहरुको सुटिंगमा व्यस्त रहेका छन त्यसैमा क्रममा पछिल्लो समय उनि अभिनित चलचित्र ‘लक्ष्मी बम’को पोस्टर  सार्वजनिक गरिएको छ।  सार्वजनिक उक्त चलचित्रको पोस्टरमा अक्षयलाई बिल्कुलै फरक अवतारमा देखिएको छ।  उनको फरक लुकलई सबै चलचित्रप्रेमी दर्शकले मन पराईरहेका छन।

अक्षयले चलचित्रको फर्स्ट पोस्टर आफ्नो इंस्टाग्राम अकाउंटमार्फत शेयर गरि चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरेका छन।  २०२० को जुन ५ मा प्रदर्शन हुन् गईरहेको चलचित्र लक्ष्मी बमको पोस्टरमा अक्षयलाई आँखामा गाजल लगाउदै गरेको देख्न सकिन्छ। जानकारीमा आए अनुसार चलचित्रमा अक्षयको भूमिका ट्रांसजेंडर भूत हुने बताईएको छ।

यो चलाचित्र सन् २०११ मा प्रदर्शनमा आएको तमिल हरर चलचित्र मुनी २ कंचनाको हिन्दि रिमेक हो। चलचित्रमा अक्षय संगै अभिनेत्री कियारा आडवाणी र अमिताभ बच्चनलाई समेत् मुख्य भूमिकामा देखिने छ।  कियारा चलचित्रमा अक्षयको पत्नीको भूमिकामा देखिदैछिन भने अमिताभलाई पनि ट्रांसजेंडर भूतको रुपमा चलचित्रमा देखिनेछ।

चलचित्र लक्ष्मी बमलाई तुषार कपूर र शबीना खानले संयक्त रुपमा निर्माण गर्दै  छन भने च्झालाचित्रको कथाबस्तु भने हाउस फुल ४ का निर्देशक फरहाद समजीको रहने छ।

 

प्रकाशित : आइतबार, जेठ ०५, २०७६०६:१०

विवाहित भईकन पनि यी अभिनेत्रीसंग फिदा भएका थिए बलिवुडका यी निर्देशकहरु, हेर्नुहोस