विवाहित भईकन पनि यी अभिनेत्रीसंग फिदा भएका थिए बलिवुडका यी निर्देशकहरु, हेर्नुहोस

रोहित शेट्टी-प्राची देसाई

गोलमाल सिरिजका चर्चित निर्देशक रोहित शेट्टी र प्राची देसाई चलचित्र बोल बच्चनबाट नजिकिएका हुन्।  सुटिंग सेटमा प्र्यांक गरेको देखि लिएर लिव इन टुगेदरमा रहेको सम्म खबर बाहिरिएको थियो।  रोहित शेट्टीको विवाह सन् २००५ मा माया शेट्टीका साथमा भएको हो।  प्राचीसंगको ब्रेकअप पश्चात हाल उनि श्रीमतीको साथमा रहदै आएका छन।

रानी मुखर्जी-आदित्य चोपड़ा

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का निर्देशक आदित्य चोपडाको बिवाह सन् २००१ मा पायल खन्नाको साथमा भएको हो।  रानीसंग केहि नजिकिएपश्चात आदित्यले सन् २००९ मा पत्नीसंग सम्बन्ध बिच्छेद गरेका हुन्। अन्तत रानी र आदित्यले सन् २०१४ मा इटालीमा बिवाह गरेका हुन्।

महेश भट्ट-परवीन बाबी, सोनी राजदान

परवीन बाबीका साथमा महेश भट्टले बहु बिवाह गरेका थिए। जुन सायदै कसैलाई थाहा नहुन पनि सक्छ। यस पश्चात उनि अभिनेत्री सोनी राजदानको प्रेम सम्बन्धमा रहेका थिए। यसै क्रममा उनि आफ्नी श्रीमतीका साथमा सम्बन्ध बिच्छेद पनि गर्न चाहेका थिए। अन्तत महेशले श्रीमती किरणसंगको सम्बन्ध बिच्छेद गरि धर्म परिवर्तन गरि मुसलमान भई सोनी राजदानका साथमा बिवाह गरेका हुन्।

विक्रम भट्ट-सुष्मिता सेन, अमीषा पटेल

सुष्मिता सेनका लागि विक्रम भट्टले आफ्नो बच्च्पनदेखिको माया पनि तोडेका थिए। पूर्व मिस यूनिवर्ससंगको अफियर पश्चात विक्रमले श्रीमती अदितीका साथमा बिवाह तोडेका थिए। सुस्मितासंगको ब्रेकअप पश्चात बिक्रमले आत्महत्याको प्रयास समेत गरेका थिए।  तथापी सुस्मिता पश्चात भने उनको नाम अभिनेत्री अमिषा पटेलसंग जोडिएको थियो।

अनुराग कश्यप-काल्की कोचलिन, हुमा कुरैशी

अनुराग कश्यप र काल्कीको सम्बन्ध चलचित्र ‘देव डी’ को दौरानमा भएको हो। उक्त सअनुरागले बिवाह गरिसकेका थिए। तर काल्कीसंगको सम्बन्धले नया उचाई लिएपछि उनले सन् २००९ मा श्रीमती आरातीका साथमा सम्बन्ध बिच्छेद गराएका हुन्।  त्यस पस्च्त उनले सन् २०१११ मा काल्कीसंग बिवाह गरेका थिए। उनि संगको पनि सन् २०१५ मा अनुरागको बिवाह छुटेको थियो।  चलचित्र ‘गैंग्स ऑफ वासेपुर’को दौडानमा अनुरागको नाम हुमा  कुरैशीसंग जोडिएको थियो।

 

 

प्रकाशित : आइतबार, जेठ ०५, २०७६१०:४५

सलमान, शाहरुख देखि शिल्पासम्मले धारण गर्छन यस्ता रत्न, जान्नुहोस यसको फाइदा!