सलमान, शाहरुख देखि शिल्पासम्मले धारण गर्छन यस्ता रत्न, जान्नुहोस यसको फाइदा!

ज्योतिष शास्त्रको महत्व हर मानिसको जीवनमा आवश्यक छ। कुण्डलीमा कुनै पनि ग्रहको परिवर्तनले गर्दा कहिले काहि जीवनमा सकारात्मक एवम नकारात्मक दुवै प्रकारको असर परिरहेको हुन्छ। ग्रहको प्रभाव जुनसुकै व्यक्तिहरुमा पर्न सक्ने भएकाले मानिसहरुले विभिन्न प्रकारका रत्न जडित औंठी तथा अन्य गहनाको धारण गर्ने गरेका छन।

अधिकांश मानिसलाई अझै सम्म भ्रम यो रहेको छ कि के साच्चै रत्नको प्रयोगले ग्रहको नकारात्मकता हराउछ त ,तर बलिवुड फिल्म उद्योगका सफल कलाकारमा यसको प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ, जसले विभिन्न रत्नको प्रयोग गर्छन र आफ्नो क्षेत्रमा नसोचेकै सफलता समेत हासिल गर्न सफल भएका छ।

आउनुहोस एकै छिन बिस्तृतमा चर्चा गरौँ ति बलिउड कलाकारको बारेमा :

सलमान खान

सबै भन्दा पहिले बलिउडका दबंग खान यानी सलमान खानको बारेमा कुरा गरौँ उनले हातमा सधै एक रत्न जडित ब्रासलेट लगाउने गरेका छन्। जुन कट्रिनाले दिएको गिफ्ट हो भनिएको भएता पनि सलमानले लगाउने गरेको उक्त ब्रासलेटमा निलो रंगको ‘फिरोजा’ नामक रत्न जडान गरिएको छ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले पनि आफ्नो हातमा निलम र पन्ना जडित औंठीको प्रयोग गर्ने गरेका छन। ज्योतिषको मान्यता अनुसार निलमको राशी स्वामी शनि हो, जुन मकर तथा कुम्भ राशी भएकाहरुका लागि लाभदायक मान्ने गरिन्छ। यस रत्नको प्रयोगले जीवनमा नसोचेको लाभ र सफलता हात लागि हुने समेत मान्यता रहेको छ।

शिल्पा शेट्टी कुंद्रा

बलिउडकी फिट , सफल , सुन्दर , योगा गुरुको साथै एक सफल व्यवसायी शिल्पा शेट्टी यति धेरै सफल हुनका एकै राज पुखराज रत्न ,जसको प्रयोग पछि शिल्पाको भाग्य नै परिवर्तन भएको छ । यस रत्नको धारण पश्चात उनि सबैभन्दा पहिला युकेमा बिग ब्रदर शोमा जिते पश्चात विश्वभर नै चर्चित हुन पुगिन , त्यसपछि  उनको हातमा एक पछि अर्को गर्दै सफलता हात लागि हुदै गइरहेको छ।

शाहरुख खान

बलिउडका किङ्ग अभिनेता शाहरुख खानले पनि दाहिने हातको कान्छी औंलामा हरियो रंगको रत्न धारण गरेका छन। जुन रत्नको नाम पन्ना हो।  ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा बुध ग्रह कमजोर भएका हरुका लागि पन्नाको प्रयोग निकै नै प्रभावकारी मान्ने गरिन्छ।

प्रकाशित : आइतबार, जेठ ०५, २०७६१२:४४

अजय देवगन अभिनित चलचित्र ‘दे दे प्यार दे’ ले २ दिनमा गर्यो यति करोडको व्यापार !