अजय देवगन अभिनित चलचित्र ‘दे दे प्यार दे’ ले २ दिनमा गर्यो यति करोडको व्यापार !

एजेन्सी , बलिवुडका अभिनेता अजय देवगन अभिनित पछिल्लो चलचित्र ‘दे दे प्यार दे’ ले आफ्नो प्रदर्शनको राम्रो सुरुवात गरेको छ।  चलचित्र गत मे १७ बाट करिब ३१०० भन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन भईरहेको छ।  चलचित्रमा अजयले २अभिनेत्रिका साथमा रोमान्स गरेको देख्न सकिन्छ भने चलचित्रलाई लव रंजन  र भूषण कुमारले एकसाथ मिलेर बनाएका हुन्।

लव रंजनले यसभन्दा अघि प्यार का पंचनामा, सोनू के टीटू की स्वीटी जस्ता सुपरहिट चलचित्रहरु निर्देशन गरिसकेका छन। अजय अभिनित चलचित्रले प्रदर्शनको पहिलो दिन १०.४१ करोडको व्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन चलचित्रको कमाईमा वृद्धि भई १३.३९ करोड पुगेको  थियो। यति गरि चलचित्रले हाल सम्म २ दिनमा २३.८० करोडको व्यापार गर्न सफल भएको छ।

केहि महिना अघि मात्र प्रदर्शनमा आएको अजय अभिनित चलचित्र टोटल धमालको तुलना यस चलचित्रले उत्कृष्ट  व्यापार  सफल भएको छ जब कि टोटल धमालले प्रदर्शनको दोस्रो दिनसम्म १६.५० करोडको व्यापार गर्न सफल भएको थियो। जुन चलचित्रलाई आकिव अलीले निर्देशन गरेका हुन् भने चलचित्रमा तब्बु अजयको एक्स श्रीमतीको र रकुल प्रीत सिंह उनकी गर्लफ्रेन्डको भुमिका देखिएका छन।

चलचित्रको बिषयमा कुरा गर्दा अजय यस चलचित्र पश्चात आरआरआर र तानाजी: द अनसंग वॉरियरमा देखिदै छन। चलचित्र आरआरआरलाई बहुबाली निर्देशक राजामौलीले निर्देशन गर्दै छन भने तानाजी: द अनसंग वॉरियरलाई  ओम राउतले निर्देशन गर्ने भएका छन।

 

प्रकाशित : सोमबार, जेठ ०६, २०७६०७:१०

बर्ष २०७६ मा विवाह बन्धनमा बाँधिएका ७ नेपाली कलाकारहरु , हेर्नुहोस !