बर्ष २०७६ मा विवाह बन्धनमा बाँधिएका ७ नेपाली कलाकारहरु , हेर्नुहोस !

प्राय: कला क्षेत्रमा लागेका कलाकारहरु अलि सोचेर सम्झिएर मात्र विवाह गर्ने गर्छन। किनकि, यस क्षेत्रलाई सरसर्ती पर्दामा हेर्दा जति रंगिन देखिन्छ त्यति नै सहज छैन यहाँ। त्यसैले त विवाह गरिसकेपछि पनि विभिन्न समस्या उत्पन्न भै डिभोर्स क्लबमा पर्ने कलाकारहरुको संख्या पनि थुप्रै रहेका छन्। त्यसैले कला क्षेत्रमा सक्रिय कलाकारहरुको पेशा बुझ्नको लागि श्रीमान् या श्रीमतीको ठुलै मन चाहिन्छ। आज हामी  २०७६ सालमा विवाह बन्धनमा बाँधिएका ७ कलाकारहरुको बारेमा कुराकानी गर्ने छौं।

१- प्रदिप भट्टराई/दिपिका प्रसाईं

निर्देशक प्रदिप भट्टराई र नायिका दिपिका प्रसाईले यसै वर्षको बैशाखमा लगन गाँठो कसेका हुन्। विगत डेढ वर्ष देखिको प्रेम संबन्धलाई अन्तत विवाहमा परिणत गरेका हुन्। विवाह अघि उनीहरुले कोर्ट म्यारिज गरि लिभिङ्ग रिलेसनशिपमा थिए।

२ – रेनेशा राई/प्रज्वल समशेर जवरा

नृत्य निर्देशक तथा कोरियोग्राफर रेनेशा राईले पनि यसै वर्षको बैशाखमा लगन गाँठो कसेका हुन्। विगत लामो समय देखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए। साथै प्रज्वलले निर्माण गरेको चलचित्र ‘ईन्टू मिन्टू लन्डनमा’को निर्देशन रेनेशाले नै गरेकी थिइन्।

३ – रवि लामिछाने/निकिता पौडेल

लामो समयको विवाद पछि कोर्ट म्यारिज गरि लिभिङ्ग रिलेशनमा रहेका चर्चित पत्रकार रवि लामिछाने र निकिता पौडेल यहि वर्ष जेठ ३ गते विवाह बन्धनमा बाँधिएका हुन्। हुन त रवीले यस अघि पनि विवाह गरिसकेका थिए र दुई छोरीका बाबु समेत हुन् भने निकिताले पनि पुर्व पतिलाई डिभोर्स दिएकी थिइन्।

४ – विक्रम बराल /अनु गहतराज

नेपाल आईडल सिजल २ का उप बिजेता समेत रहेका विक्रम बरालले अनु गहतराजसंग यसै वर्ष बैशाख २९ गते विवाह गरेका हुन्। उनीहरुले विगत ५ वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

५ -छवि ओझा / शिल्पा पोख्रेल

विगत लामो समय देखि प्रेम सम्बन्धमा रहेका गाईंगुईं हल्ला चलिरहे ता पनि औपचारिक रुपमा स्वीकार नगरेका निर्देशक छवि ओझा र शिल्पा पोख्रेलले प्रेम सम्बन्धमा रहेको खुलाशा गरेका छन्। साथै उनिहरुले गत वर्ष नै विवाह गरेको समाचारहरु नआएका भने होइनन। अझ रोचक कुरा त के हो भने ‘छविको यो पहिलो विवाह भने होईन ,२००२ सालमा रेखा थापासंग विवाह गर्नु पुर्व पनि उनले एउटी श्रीमतीलाई डिभोर्स दिएका थिए।

६ – आयुष्मान र प्रियंका कार्की

विगत २ वर्ष देखि प्रेम सम्वन्धमा रहेका आयुष्मान र प्रियंकाले २०७५ सालमा नै ईङ्गेजमेन्ट गरेका थिए। यद्धपि उनीहरु यसै वर्ष असारमा विवाह बन्धनमा बाँधिने बताएका छन्। साथै उनीहरुको केमेस्ट्री पनि फिल्मी क्षेत्रमा खुबै जम्ने गरेको छ।

७.अनु शाह/सबिन श्रेष्ठ

बिगत लामो समय देखि प्रेम सम्बन्धमा रहेका अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाहले पनि गुपचुपमा बिवाह गरेको खुल्न आएको छ।  हालसालै मात्र अनुले सामजिक संजालमा शेयर  गरेको  एक  तस्बिरमा उनलाई सबिनका साथमा सिउदोमा सिन्दुर लगाएको देख्न सकिन्छ।

 

प्रकाशित : सोमबार, जेठ ०६, २०७६०८:०९

कान्समा सहभागी हुदादेखि मुम्बई फर्कदासम्मको दीपिकाका यी ८ स्टाइलिस लुक , हेर्नुहोस !