तरकारी मात्र नभई औषधि पनि हो भिन्डी, यसरी प्रयोग गरे मिल्छ यस्ता रोगबाट छुटकारा !

भिन्डीलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ।  तर तरकारीका साथ साथै भिन्डीको पानीको सेवन गर्नु पनि स्वास्थ्यका लागि लाभदायक रहेको छ। हरेक दिन बिहान खाली पेटमा भिन्डी पानीको सेवन गर्नाले मधुमेह , कोलेस्टोरेल  समस्या भएकाहरुका लागि फाइदाजनक रहेको छ। आयुर्वेदमा त झन् भिन्डीलाई अचुक औसधिको रुपमा प्रयोग गरिन्छ। कतिपय देशमा त वजन  घटाउनका लागि समेत भिन्डीको पानीको सेवन गर्ने गरिन्छ।  जसलाई ‘ओकरा वाटर ‘ भन्ने गरिन्छ।

यसमा प्रसस्त मात्रामा प्रोटिन , कार्बोहाईड्रेड।,फस्फोरस , आइरन , पोटासियम , म्याग्नेसियम , सोडियम  जस्ता तत्व प्राप्त हुन्छ।मधुमेह रोगीहरुका लागि पनि भिन्डीको पानी उपयोगी मानिन्छ। भिन्डीको पानीलाई घरमै पनि बनाउन सकिन्छ। हेर्नुहोस घरमा भिन्डीको पानी बनाउने तरिका ;

सबैभन्दा पहिला ४/५ ओटा भिन्डीलाई लिएर राम्रोसंग धुने

यसलाई २ भागमा काटेर १.५ लिटर पानीमा भिजाउने

त्यसपछि भाँडोलाई माथिबाट छोपिदिने

उक्त भिन्डीलाई पानीमा ८ देखि २४ घन्टासम्म भाँडोमा नै छोडिदिने

त्यसपछि भिन्डीलाइ राम्रो संग निचोरेर बोक्रा फालिदिने र बाँकी रहेको पानीको सेवन गर्ने

भिन्डीको पानी कसरी पिउने

भिन्डीबाट बनाईएको ‘ओकरा वाटर’ को सेवन विभिन्न समस्याको लागि उपयोगी मानिन्छ। यसले मधुमेह , कोलेस्टोरेल तथा मृगौला सम्बन्धी विभिन्न रोगबाट मुक्ति दिलाउछ। यदि नियमित रुपमा भिन्डीको पानीको सेवनबाट मोटोपन कम गर्न सहयोग गर्दछ। ‘ओकरा वाटर’ लाई तथा खाना खाएको करिब ३० मिनेट पश्चात सेवन गर्नाले बिशेष लाभ मिल्ने देखिन्छ।

भिन्डीको पानीको सेवन गर्नुका बिशेष फाइदाहरु ; 

भिन्डीलाई पौष्टिक तत्वको भण्डारको रुपमा लिइन्छ। यदि हरेक दिन एक ग्लास भिन्डीको पानी पिउनाले शरीरमा प्राप्त हुने तत्वहरु

८० माइक्रोग्राम फलेट

६० मिलिग्राम म्याग्नेसियम

३० क्यलोरिज

२१ ग्राम भिटामिन सी

६ ग्राम कार्बोहाइड्रेट

३ ग्राम डाइट्री फाइबर

२ ग्राम प्रोटिन र

१ ग्राम फ्याट प्राप्त हुन्छ।

शारीरिक थकान 

नियमित रुपमा भिन्डी पानीको सेवन गर्नाले शारीरिक उर्जामा वृद्धि भई शरीरमा थकान र आलस्यता कम भएर जानेछ।

एन्टीअक्सिडेन्ट

भिन्डीमा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ।  जसले मधुमेह तथा मुटुसम्बन्धी समस्याबाट बच्न मदत गर्दछ। साथै यसले क्यान्सर संग लड्ने बिशेष क्षमता  समेत राख्दछ। भिन्डीको सेवन क्यान्सर पिडित व्यक्तिको लागि पनि उपयोगी मानिन्छ।

मधुमेह तथा इन्सुलिनको लागि

भिन्डीमा  बिशेष प्रकारको तत्वले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न पाइनेअतुलनिय भूमिका निर्वाह गरेको हुन्छ। कार्बोहाइड्रेटबाट ग्लूकोजलाई अलग गर्नका लागि एक हर्मोनको आवश्यकता पर्दछ जसलाई हामी इन्सुलिन भन्ने गरिन्छ। शरीरमा इन्सुलिनको कमि भएमा मधुमेह लाग्ने खतरा हुन्छ।  त्यसैले भिन्डीको सेवनले इन्सुलिनको मात्रामा वृद्धि गराई शरीर स्वस्थ राख्न मदत गर्दछ।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६११:१०

हास्नु नै बाँच्नु हो , जान्नुहोस हास्नुका बिशेष फाइदाहरुको बारेमा !