भोलि जेठ ५ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशीफल !

भोलि मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको ५ गते आइतबार तद अनुसार सन् २०१९ मे १९ तारिक तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

भोलि तपाईको घर-परिवारमा धार्मिक कार्यक्रम आयोजना हुन सक्ला भने भोलिको दिन तपाईको पूर्णरुपले आध्यात्मिक रहन सक्ला। मित्रजन भेट होलान् साथै भोलि यात्रा समेत व्यवस्थित रहन सक्ला। भोलि तपाईको खर्च बढ्ने भएता पनि भोलि तपाईलाई आर्थिक लाभ राम्रै मिल्ने देखिन्छ। भोलि तपाईको स्वास्थ्यमा सुधार आउन सक्ला। शुभ कार्य सुरु गर्न सहयोग मिल्न सक्ला।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

भोलि तपाई परिवारका सदस्यहरूसँग खुशीसाथ दिन व्यतित गर्नु हुने देखिन्छ। भोलि तपाईलाई व्यवसायमा परिवारबाट मात्र नभई मित्रजनबाट समेत सहयोग मिल्ने देखिन्छ। स्त्री वर्गबाट विशेष लाभ मिल्न सक्ला। भोलि प्रेम जीवन पनि तपाईको सफलनै रहला। भोलि तपाईलाई आर्थिक रुपमा पनि कर्जा मिल्न सक्ला। साथै भोलि तपाईको यात्रा सफल हुने देखिन्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

भोलि तपाईलाई हरेक कार्यमा सफलता मिल्ने देखिन्छ। कार्य ढिला सम्पन्न भएता पनि आफुले सोचे अनुरुपको प्रतिफल भने पक्कै मिल्नेछ। बिहान आर्थिक कार्यमा केहि अवरोध खादा हुने भएता पनि साँझ भने सम्पूर्ण कार्य सहज रुपमा सम्पन्न हुनेछ। सहकार्यकर्ताहरूले भोलि तपाईलाई हरेक कार्यमा साथ दिनेछन्। परिवारमा आनन्दको वातवरण रहनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

वित्तीय मामलामा तपाईले भोलि धेरै ध्यान दिनु पर्ने देखिन्छ। भोलि तपाईले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनु होला। भोलि तपाई नयाँ कार्य टहलनी देखि टाढा रहनु होला भने भोलि तपाईलाई स्वास्थ्यले समेत साथ नदिन सक्ला। भोलि तपाईलाई कानुनी बाधाले समेत सताउन सक्ला। साथी र नातेदारहरूबाट समेत धोका मिल्ने हुँदा सजक रहनु होला। भोलि सवारी देखि सावधान रहनु होला।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

भोलिको दिन तपाईको लागि अनुकूलता साथै प्रतिकूलताले मिश्रित फलदायी रहन सक्ला। भोलि तपाईलाई आर्थिक लाभ राम्रै मिल्न सक्ला। तर भोलि तपाईको खर्च समेत बढ्ने देखिन्छ। भोलि तपाईको स्वास्थ्यले खासै साथ नदिन सक्ला। भोलि तपाईलाई आफ्नैबाट धोका मिल्न सक्ला। भोलि तपाईमा मानसिक चिन्ता बढ्न सक्ला। तर पनि भोलि तपाईलाई परिवारको तर्फबाट र मित्रजनबाट राम्रै साथ मिल्ने देखिन्छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

भोलि तपाईमा वैचारिक समृद्धि बढेर जाने देखिन्छ। भोलि सभ्य र मिठो बोलिका कारण तपाईको सम्मान बढ्न सक्ला भने भोलि तपाईको बोलीको प्रभाव तपाईको कार्य सिद्धिमा काम आउने देखिन्छ। उत्तम भोजन,उपहार साथै भोलि तपाईलाई आनन्दपूर्ण साथ मिल्ने देखिन्छ। भोलि तपाईलाई घर-जग्गा सम्बन्धी कार्य सफलता मिल्न सक्ला भने भोलि तपाईको स्वास्थ्य राम्रै रहन सक्ला।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मानसिक व्यवहार अनावश्यक घटना, रोग र रिसको साथ निराशाजनक हुनेछ। भोलि तपाईले क्रोध नियन्त्रण गर्नु पर्ने देखिन्छ भने सरकार विरोधी प्रवृ्त्ति देखि पनि टाढा रहनु भएको उचित हुन सक्ला। समयमा खान-पान नहुँदा स्वास्थ्यमा प्रत्यक्ष असर पर्नेछ। भोलि तपाईले कुनै पनि प्रकारको नयाँ कार्य शुरु नगर्नु भएको उचित हुन सक्ला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

भोलिको दिन तपाईको घुम-फिरमा साथै मनोरन्जनमा केन्द्रित रहन सक्ला। भोलि तपाईको खर्च बढ्न सक्ने भएता पनि मानसिक शुख मिल्ने देखिन्छ। भोलि तपाईको अध्ययनमा मन नजान सक्ला। भोलि तपाईले सोच्नु भएको जस्तो आर्थिक लाभ नमिल्ने देखिन्छ। भोलि अचल सम्पत्तिको जोहो गर्न शुभ देखिन्छ। भोलि एकाग्रता तपाईमा उर्जा थप्ने काम गर्ने देखिन्छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

भोलि तपाईबाट कुनै पनि गलत निर्णय नहोस भन्नको लागि सजक रहनु पर्ने देखिन्छ। भोलि तपाईको परिवारमा कुनै पनि निर्णय गर्नु भन्दा पहिला वहस अपरिहार्य देखिन्छ। शारीरिक र मानसिक विकार बढेर जाने देखिन्छ भने भोलि सकेसम्म आर्थिक लगानी नगरेकै उचित रहन सक्ला। भोलि तपाईको मान हानी नहोस भन्नको लागि सजक रहनु होला।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

भोलिको दिन कलाकारहरुको लागि धेरै शुभ रहने देखिन्छ। रचनात्मकता बढ्नाले कलाको क्षेत्रमा फाइदा पुग्न सक्ला। भोलि धेरै समय देखि अड्किएको कार्य शुरु हुन सक्ला भने भोलि तपाईको सोचमा पनि परिवर्तन आउने देखिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुन सक्ला। सेवामूलक कामबाट धनलाभ हुन सक्ला। भोलि कृषिको क्षेत्रमा पनि मनग्गे लाभ मिल्नेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

भोलि तपाईको दिन सम्पूर्ण क्षत्रबाट लाभदायी देखीन्छ। भोलि तपाईलाई भाग्यले साथ दिने देखिन्छ भने भोलि आर्थिक लाभ पनि राम्रै हुने दिन परेको छ। साथीहरूसंगको सम्बन्धमा सुधार आउने देखिन्छ भने भोलि तपाईको प्रेम सम्बन्धमा पनि प्रचुर मात्रामा सामिप्यता बढेर जाने देखिन्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

भोलि तपाईमा एकाग्रताको कमि हुने देखिन्छ। भोलि तपाईमा निर्णय लिने क्षमतामा पनि कमि रहने दिन परेको छ। खाना खाने समय र पर्याप्त नींदको लापरवाहीका कारण स्वास्थ्य बिग्रने देखिन्छ। यात्रा स्थगित गरेर आराम गर्नु पर्ने दिन भोलि तपाईको खर्च उच्च रहने देखिन्छ। परिवारको स्वास्थ्यले तपाईलाई चिन्तित राख्ने देखिन्छ।

प्रकाशित : शनिबार, जेठ ०४, २०७६१३:५८

भोली जेठ ६ गते सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशीफल !