बोल्न अनि सुन्न नसक्ने सुजलको यस्तो अद्भुत प्रतिभा !

मानिस एक असन्तुष्ट प्राणि हो। आफु संग जे कुरा छैन त्यो नभएकोमा उसले सधैँ आत्मा ग्लानि गरिरहन्छ। कोहि कालो भएकोमा ,कोहि अग्लो भएकोमा ,कोहि दुब्लो भएकोमा त कोहि मोटो भएकोमा मानिस भित्र भित्रै दुखि भैरहेको हुन्छ। फेरि हाम्रो समाजमा यस्ता प्रतिभाहरु पनि छन् ,जो बोल्न ,सुन्न, देख्न, हिड्न सक्दैनन् तर पनि यी सबै गुण भएका मानिस भन्दा बढी क्षमतावान हुन्छन। स्टेफेन हकिंगले आँखा भाएकालॆ पत्ता लगाउन नसकेको ‘ब्ल्याक होल’ पत्ता लगाए। दुवै हात खुट्टा नचल्ने र बोल्न सुन्न समेत नसक्ने झमक घिमिरेले ‘जीवन काँडाकि फुल’ उपन्यास लेखेर मदन पुरस्कार जित्न सफल भईन। साथै प्रकाश तिमल्सिना जो दुवै आँखा देख्दैनन तै पनि नेपालका चर्चित गायकको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भए।

आज हामी यस्तै अर्की एक यस्ती प्रतिभावान किशोरीको बारेमा कुरा गर्न गईरहेका छौं जसले कान सुन्दिनन र बोल्न पनि सक्दिनन। तर पनि उनमा यस्तो कला छ जुन निकै तारिफ योग्य छ। उनि हुन् ,सुजल बम। सुदुर पश्चिमको डोटीमा जन्मिएकी सुजल बच्चै देखि फरक खालको प्रतिभा भएकी बालिका थिइन्। परिवारको सपोर्टमा उनि डोटीकै एउटा स्कुलमा भर्ना भईन ,त्यस पछि सिन्धुपाल्चोकमा कक्षा ३ सम्म अध्ययन गरि काठमाडौँको नक्सालको ‘ सेन्ट्रल सेकेण्डरी स्कुल फर डिफ’ स्कुल बाट भर्खरै एसईई परिक्षा दिएकी छिन। अझ रोचक कुरा त के भने ‘ उनि मिस एसईई २०१९’ कि प्रतिष्पर्धी समेत हुन्। जम्मा ८९ जनाले भाग लिएको उक्त प्रतियोगितामा उनि एक फरक क्षमता भएकी प्रतिष्पर्धी हुन्। तै पनि उनले सबै क्षमता भएकाको सरह आफुलाई प्रस्तुत गरिरहेकी छिन।

सुजल नाच्ने ,जिम्नास्टिक ,फुटबल ,आर्ट र पढाईमा समेत अब्बल रहेकी  छिन।चलचित्र रणबिरको सुटिंगको समयमा नायिका सुबेक्षा खड्काले उनको एउटा फोटो ईन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। उनको उक्त फोटो निकै नै भाईरल भएको थियो ,कारण उनको अनौठो आँखा। सुजलको आँखा साच्चिक्कै फरक खालको छ र देख्नेहरु उनलाई लेन्स राखेको हो भनि सोध्ने गर्छन। उनको निलो खालको आँखा विदेशीको जस्तो छ जुन निकै फरक खालको छ र उनलाई देख्नेहरुले फोटो र सेल्फी खिच्न लालाहित हुने गर्छन ।डान्स समेत सिक्दै गरेकी उनको केहि डान्स भिडियोहरु हामि ‘सुजल बम’ युट्युव च्यानलमा देख्न सक्छौं।

साथै उनलाई मिस एसईईमा भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई ‘एसईई स्पेस ०१ टाईप गरि ३३००१ मा भोट गर्न पनि सक्नुहुने छ।

प्रकाशित : आइतबार, जेठ ०५, २०७६०५:२०

नौबिसेमा मोटरसाइकल दुर्घटना ; चालकको मृत्यु !