नौबिसेमा मोटरसाइकल दुर्घटना ; चालकको मृत्यु !

सांकेतिक तस्विर

धदिङ्ग , धदिङ्ग नौबिसे स्थित गएराती करिब ८ बजेतिर बिपरित दिशाबाट आउदै गरेको गाडीले धार्केबाट नौबिसेतर्फ जादै गरेको बा ३५ प ९३९१ नं को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक धुनिबेशी नगरपालिका १ का दिपेश लामाको घटनास्थलमा नै मृत्यु भएको छ।

मोटरसाइकललाई ठक्कर दिएर फरार भएको गाडीको अझै सम्म पहिचान नखुलेको र गाडीको तिब्र रुपमा खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन।

 

प्रकाशित : सोमबार, जेठ ०६, २०७६०६:२६

खुट्टामा प्रहरीको गोली लागेका विप्लवका कार्यकर्ताको मृत्यु