खुट्टामा प्रहरीको गोली लागेका विप्लवका कार्यकर्ताको मृत्यु

काठमाडौं– प्रहरीले चलाएको गोली लागेर भोजपुरमा प्रतिबन्धित विप्लव समूहका एक कार्यकर्ता मारिएका छन् ।
प्रदेश नम्बर १ का प्रहरी नायब महानिरिक्षक केदार रिजालका अनुसार उनलाई दाहिने तिघ्रामा गोली लागेको थियो। घाइते उनको गएराती मृत्यु भएको हो ।
उनको उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।  घिमिरे षडानन्द नगरपालिका २ का बासिन्दा हुन्।

उनलाई प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी नियन्त्रणमा लिएको थियो। प्रहरीले घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको थियो ।

प्रकाशित : बुधबार, जेठ ०८, २०७६०३:४१

गर्मीलाई टक्कर दिनकै लागि लाखौ पर्ने कारमा लिपियो गाईको गोबर, हेर्नुहोस !