गर्मीलाई टक्कर दिनकै लागि लाखौ पर्ने कारमा लिपियो गाईको गोबर, हेर्नुहोस !

गर्मीको मौसमले वातावारण नै अस्तव्यस्त भईरहेको अवस्थामा मानिसले यसबाट बच्नका लागि अनेकौं उपाय अपनाउने गर्छन। यस्तैमा भारतको गुजरात प्रदेशस्थित अहमदाबादकी एक महिलाले गर्मिबाट बच्नका अनौठो उपाय अपनाएकी छिन। उनले गरेको यस अनौठो काम  पछिल्लो समय सबैको चर्चाको बिषय बन्न पुगेको छ। उक्त महिलाले गर्मीका कारणले गर्दा कार तथा आफु सुरक्षित रहनाका लागि गाईको गोबरले लाखौ रुपियाँको  कार लिपिदिएकि छिन।

गाईको गोबरले लिपिएको कारको तस्बिर सामाजिक संजाल फेसबुक मार्फत रुपेश गौरंग दास नाम गरेका व्यक्तिले शेयर गर्दै ४५ डिग्री सेल्सियसको घामलाई टक्कर दिने सहि उपाय भन्दै लेखेका छन। आफु लगायत कारलाई घामको कुनै असर नपरोस भन्ने उदेश्यले अहमदाबादकी ‘सेजल शाह’ नाम गरेकी महिलाले आफ्नो लाखौं पर्ने टोयटा कारलाई गाईको गोबरले लिपेर रंग्याएकी हुन्।

गोबरले रङ्गिएको कारको तस्बिर पछिल्लो समयमा सामजिक संजालमा भाइरल भईरहेको छ। तस्बिर संगै हजारौ लाइक र कमेन्टको समेत ओइरो लागिरहेको छ। तस्बिरमा एकजना सामजिक संजाल प्रयोगकर्ताहरुले ‘गाईको गोबरको दुर्गन्धबाट कार भित्र बस्ने कसरी बच्ने’ भन्दै कमेन्ट गरेका छन। भनिन्छ गाईको गोबरले उष्मारोधी अर्थात् (इंसुलेटर) को काम गर्दछ। त्यसैले गाईको गोबर कारको बाहिर लगाऊनाले बाहिरी वातावारणबाट आएको किरणलाई भित्र पस्न नदिई कार भित्र चिसोपनको अनुभूति दिलाउने भनाइ रहेको छ।

 

 

प्रकाशित : बुधबार, जेठ ०८, २०७६०८:१०

झापामा धारिलो हतियार प्रयोग गरि महिलाको हत्याको प्रयास !