झापामा धारिलो हतियार प्रयोग गरि महिलाको हत्याको प्रयास !

झापाको मेचीनगरपालिका  १० धुलाबारीमा गएराती छोरीको साथमा सुतिरहेकी स्थानीय ४० बर्षिया आरती चौहान (बुढाथोकी) नाम गरेकी  महिलामाथि अपरिचित व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरि हत्याको प्रयास गरिएको छ।

घाइते आरतीको घरमा मध्यरातमा आफ्नी कोठामा सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रयोग गरिएको छ।  जुन कुरा स्थानीयवासीले आज बिहान मात्र थाहा पाएका हुन्। ७ बर्षिया छोरीले घटनाबारे  जानकारी दिएपछि स्थानीयले तत्कालै  प्रहरीलाई खबर गरेका हुन्। घटनामा संलग्न व्यक्तिको खोजि कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

आज बिहान अर्धनग्न र रगताम्य अवस्थमा भेटिएकी आरतिको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ। बालिकाको भनाइलाई उधृत गर्दै हतियारधरिले यो कुरा अरु कसैलाई भनिस भने यहि खुकुरीले तलाई पनि मारिदिन्छु भन्दै ममीको पेटमा बसेर धारिलो हतियार प्रयोग गरेको बालिकाले प्रहरी समक्ष बयान दिएकी  छिन।

घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६०७:४२

पेरुमा ८ रेक्टर स्केलको शक्तिशाली भुकम्पको झट्का !