पेरुमा ८ रेक्टर स्केलको शक्तिशाली भुकम्पको झट्का !

एजेन्सी ,  आइतवार पेरुमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा लगभग १०९.९ किलोमिटर तल रहेको र लागुनास बाट करिब ८० किलोमिटर दक्षिणतर्फ रहेको अनुमान गरिएको छ।

भुकम्पले के कति धनजनको क्षति पुर्यायो भन्ने बारेमा बिस्तृत बिवरण भने आउन बाकी नै रहेको छ।  स्थानीयवासीका अनुसार भूकम्पको धक्का राजधानी लिमासम्म महशुस गरिएको बताईएको छ। साथै भुकम्पको कारणले गर्दा सुनामी आउन सक्ने खतरा भने नरहेको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जानकारी दिएको छ।

प्रकाशित : आइतबार, जेठ १२, २०७६०९:२८

मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी रञ्जनाको अस्पतालमै मृत्यु !