मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी रञ्जनाको अस्पतालमै मृत्यु !

काठमाडौँ – झापामा भएको एक सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार स्कुटर दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-१ बस्ने २७ वर्षीया रञ्जना खनालको मृत्यु भएको हो।

पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चोकमा मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे७प १६७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी खनाललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको र उपचारको क्रममा उनको त्यहीं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्यु हुने रञ्जना नेपाल कम्युनिष्ट पाटी (नेकपा) झापाका सचिवालय सदस्य एबम् क्षेत्र नं ४ का इन्चार्ज राधाकृष्ण खनालकी छोरी रहेकी छन्। प्रहरीका अनुसार मृतकको शव मेची अस्चल अस्पताल भद्रपुर पठाइएको छ।

प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिसकेको छ।

प्रकाशित : सोमबार, जेठ २०, २०७६१२:१९

विश्वकर्मा मन्दिर नजिक स्कुटी ट्रकसँग ठोक्किँदा नर्सको मृत्यु !