६२ बर्ष अगाडी यस्ता देखिन्थे अमिताभ स्कुल बेलाको तस्बिर भयो सामाजिक संजालमा भाइरल !

बलिवुड अभिनेता अमिताभ बच्चन सामाजिक संजालमा सक्रिय रहने गर्छन र समय समयमा केहि तस्बिरहरु समेत शेयर गर्दै आइरहेका छन।

हाल सालै मात्र अमिताभले सामाजिक संजाल मार्फत करिब ६२ बर्ष अघिको आफ्नो स्कुलको समयको फोटो शेयर गरेका छन। यस तस्बिरमा उनि साथीका साथमा देखिएका छन। जुन तस्बिरमा उनलाई चिन्न निकै नै मुस्किल रहेको छ। तस्बिरका साथमा एक फ्यानले कमेन्ट गरेका छन ‘यो अलिपुर कोलकत्ताको तस्बिर हो’। रिप्लाईमा अमिताभले यो अलिपुर कलकत्ता नरहेको र सन् १९५७ को शेरवुड कलेज नैनीतालको छुट्टीको दिन साथीभाईको साथमा खेलिरहेको’ बताएका छन।

अमिताभले आफ्नो यो तस्बिरलाई  देखेर आफैले समेत मजाक उडाउने गरेका छन। चिन्नै नसक्ने अवस्थामा दुब्लो पातलो रहेका अमिताभ दाया भागमा तेस्रो नम्बरमा उभिएका छन।

चलचित्रको बारेमा कुरा गर्दा अमिताभ अब छिट्टै नै चलचित्र ‘चेहरे’ मा देखिदै छन। यस चलचित्रमा ‘बिग बि’ का साथमा इमरान हाश्मी र अन्नु कपुरलाई समेत एक साथ चलचित्रमा देखिदै छन। हालसालै मात्र यस चलचित्रको फर्स्ट लुक सार्वजनिक गरिएको छ।

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०७:०७

गिनिज वर्ल्ड रेकर्ड राख्ने तयारीमा टंक बुढाथोकी !