चलचित्र ‘जात्रै जात्रा’को ३ दिने कमाई कति त , हेर्नुहोस !

काठमाडौँ ,  गत जेठ ३ गते शुक्रवार देखि नेपालभर प्रदर्शनमा आएको कमेडी चलचित्र ‘जात्रै जात्रा ‘ ले चलचित्र हलहरुमा शानदारको  प्रदर्शन गरिरहेको छ। चलचित्र ‘जात्रै जात्रा’ ले प्रदर्शन भएको तिन दिनमा करिब १ करोड ५५ लाखको व्यापार गर्न सफल भएको छ। चलचित्रले शुक्रवार र शनिवार गरि १ करोड २५ लाख र आइतवार झन्डै ३० लाख ग्रसको व्यापार गर्न सफल भयो।  चलचित्र ‘जात्रै जात्रा’ सन् २०१६ मा प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’को सिक्वेल हो।
चलचित्रमा बिपिन कार्की, वर्षा राउत , दयाहांग राई , रबिन्द्र सिंह बानियाको मुख्य भुमिका रहेको छ। भने चलचित्रलाई  प्रदिप भट्टराईले निर्देशन गरेका हुन्।
 यस चलचित्रमा  सिंगे लामा,  यादव पौडेल र रबिन्द्र सिंह बानियाको संयुक्त लगानी रहेको छ। चलचित्रमा काली प्रसाद बास्कोटाको शब्द संगीत भरेका छन। पछिल्लो समय जात्रै जात्रालाई चलचित्र समिक्षक तथा दर्शकहरुबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण टिमको भनाइ रहेको छ।
प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०६:१७

६२ बर्ष अगाडी यस्ता देखिन्थे अमिताभ स्कुल बेलाको तस्बिर भयो सामाजिक संजालमा भाइरल !