नियमित १० माउसुली खाने यी अचम्मको व्यक्ति , हेर्नुहोस !

माउसुली सायदै नाम सुन्नु भएकै होला। यो एकप्रकारको बिषालु र जमिनमा घस्रिएर हिड्ने जीव हो। संसारमा यस्ता अचम्मका मानिस हुन्छन जो यस्ता बिषालु जीवहरुलाई खानमा  निकै नै सौखिन हुन्छन।  यदाकदा हामीले टेलिभिजनमा यस्ता मानिसहरु देख्दै पनि आइरहेका छौं जसले जंगलका बिषालु जनावरहरु जस्तै सर्प , बिच्छी , गंगटो , माउसुली जस्ता जीवहरु समातेर खाईरहेका हुन्छन।  तर आज हामी यस्ता व्यक्तिको बारेमा कुरा गर्न जादैछौं जो हेर्दा आम मानिस जस्तै देखिन्छन तर माउसुली खानामा निकै नै सौखिन रहेका छन।

सुन्दा अचम्म लाग्न सक्ला तर यो कुरा साँचो हो कि यस व्यक्तिलाई माउसुली खाने लगभग बानी नै परिसकेको छन।  ‘माउसुली नखाई त मलाई निन्द्रा नै लाग्दैन अनि दिन नैअधुरो लाग्छ ‘ उनि बताउछन। उनको नाम कैलाश हो र हाल उनि हुन् भारतको मध्य प्रदेशस्थित मैना गाउँमा बस्दै आईरहेका छन।  कैलाशलाई त्यहाका स्थानियहरुले बिष पुरुषका नामले पनि चिन्ने गर्छन।

उनले पछिल्लो २० बर्ष अघि देखि माउसुलीलाई उमालेर त्यसको पानी पिउदै आइरहेका छन। उनले दैनिक १० ओटाका दरले माउसुली खाने गरेका छन र यसका साथै माउसुली उमालेको पानी पनि। उनि हरेक दिन सुत्नुभन्दा पहिले ३ ओटा माउसुलीलाई पानीमा उमालेर त्यसको जुस पिउने गर्छन।

माउसुली मात्र नभई कैलाशले हाल सम्म ६० भन्दा बढी घस्रिने बिषालु जनावरहरु खाईसकेका छन तर  ति जनावरको  बिषले उनलाई हाल सम्म कुनै असर देखिएको छैन। यदि गाउँमा कसैलाई बिषालु सर्पले डसेको अवस्थामा कैलाशले बिष चुसेर ति मानिसहरुलाई बचाउने समेत गरेका छन।

 

प्रकाशित : बुधबार, जेठ ०८, २०७६०५:५३

११७ बर्ष अघिदेखि बल्दै आइरहेको बल्बले राख्यो नयाँ कीर्तिमानी !