नेपाल एक पुरुष प्रधान समाज भएको राष्ट्र हो। महिला हक र अधिकारको जति सुकै ठुला कुराहरु गरिए पनि महिलाहरुले उचित स्थान, सम्मान र अधिकार प्राप्त गर्न अझै सम्म पनि सकेका छैनन्। अझ आज भन्दा एक सताब्दी अघि महिलाहरुको स्थिति कस्तो थियो होला ?कल्पना सम्म पनि गर्न सकिन्न। सासु ससुरा र श्रीमानको सेवा सोतारो, घरायसी र अन्य कामहरु जति गर्दा पनि जस पाईन्नथ्यो। अझ छोरी बुहारीलाई घरका कामदार हुन् जस्तो व्यवहार हुन्थ्यो भने घरबाट बाहिर निस्कने अवस्था सम्म पनि थिएन।म यी सबै कुराहारु यस कारण जोडिरहेकी छु कि ,आज भन्दा एक सताब्दी अघि पनि गित संगीत र कला क्षेत्रमा सक्रिय भएर लाग्ने नारीहरुले कति सम्म आँट गरेर घर वाहिर निस्किए होला? अनि कति बहादुर नारीहरु जसले नेपाल देखि ईन्डियाको कलकत्ता सम्म गएर समेत गित रेकर्ड गराएका छन्। भलै पुरुषहरुलाई त उ बेला पानि त छुट थियो नि ,जहा जान पनि अनि जे गर्न पनि।
यस्तै एक सहासी महिलाको नाम हो मेलावा देवीमेलावा देवी नेपालकी पहिलो गायिका हुन् जसले भारतको कलकत्तामा गएर आफ्ना गिहरु रेकर्ड गराईन। उनले वि.सं १९८५ तिर आफ्नो पहिलो गित ‘सवारी मेरो’ कलकत्तामा रेकर्ड गराएकी थिइन्। उनि श्री -३ चन्द्र समशेरकी प्रिय गायिका थिइन्। आफ्ना कलिला दुई सुपुत्र गुमाएकी मेलावा विरक्तिएर नेपाल छाडेर भारत गएकी थिइन्।उनका ‘सवारी मेरो ,मिर्मिरे झ्याल ,हे मेरो परदेशी ,न घर लाई घर कहिन्छ जस्ता गीतहरु युट्युवमा अहिले पनि भेट्न सकिन्छ।आज हामि त्यस्तै सहासी ५ गायिकाहरुको बिषयमा चर्चा गर्न गईरहेका छौ , जो आज भन्दा धेरै दशक अघि सांगीतिक क्षेत्रमा होमिएका थिए र नेपालि संगीतलाई जगेर्ना गर्न ठुलो योगदान दिएका थिए।
१ – कोइली देवी
कोइली देवीको जन्म सन् १९२९ मा मकवानपुरको चिसापानीमा भएको हो। सानैमा आमा गुमाएकी उनलाई सानिमाले काठमाडौँ ल्याई र सिंह समशेर जवराको घरमा काम लगाई दिएकी थिइन् । सानै देखि गाउन र नाच्न सिपालु कोइलीले सिंह दरवारमा गाउने र नाच्ने काम गर्न थालिन। त्यसपछि बि.सं २००७ सालमा रेडियो नेपालको स्थापना संगै रेडियो नेपालमा एउटा स्थापित गायिकाको रुपमा जागिर पाईन। उनि नेपाली संगीतको प्रारम्भिक कालकी पेशेवर गायिका समेत हुन् जसले गायनबाट नै आफ्नो दैनिकी चलाउथिन र गायन बाट नै आत्मा निर्भर भएकी थिइन्। साथै उनि नेपालकी पहिलो महिला संगीतकार समेत हुन्। उनका आफ्नै शब्द र संगीतमा रहेको गीतहरु पनि थुप्रै रहेका छन्।उनले आफ्नो सांगीतिक जीवनमा राष्ट्रिय,आधुनिक र प्रेम सम्बन्धि ४०० भदा बढी गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेकी छिन। उनका ‘ आजको दिन ,आखा जुध्छ ,भो मत आउन पाईन लगायत थुप्रै गीतहरु र भजनहरु समेत हामि युट्युबमा सुन्न सक्छौ।
२ – तारा देवी
नेपाली सांगीतिक जगतकी चर्चित गायिका तथा नेपालकी कोईली भनेर पनि चिनिने गायिका तारा देवी सात वर्ष देखि गायन पेशामा लागेकी गायिका हुन्। लगभाग ४ हजार आधुनिक गीतहरुमा आवाज भरिसकेकी यी गायिकाको आवाजमा जादु छ जसबाट जो कोहि मन्त्र मुग्ध हुन् सक्छ।वास्तविक जीवनमा निकै नै उतार चढाव भोगेकी ताराले २०५२ मा छोरालाइ गुमाउनु पर्यो भने श्रीमान् पनि २०५५ सालमा हवाई दुर्घटनामा दिवंगत भए। त्यस पछि एक्लिएको उनको जीवनमा निराशा शिवाय केहि आएन। २०६२ सालमा यो संसार छाडेर गएकी ताराले सयौ सदावाहार र मर्मस्पर्शी गीतहरु छाडेर गएकी छिन। तारा देवी नेपालि संगीतको लागि विशेष योगदान दिने अमेट्य नाम हो।उनका ‘फुलको थुङ्गा,हिमालको काख ,शुभकामना भरि ,उकाली ओरालीहरुमा ,काली पारि दाइ ,सोचे जस्तो हुन्न जीवन , बिदा हुने भैगयो बेला ,मोहनी लाग्ला है ,रिमझिम रिमझिम लगायत दर्जनौ चर्चित र कालाजयी गीतहरु रहेका छन्।
३ – अरुणा लामा
नेपालकी सुप्रसिद्ध गायिका तथा स्वर किन्नरी नामले परिचित गायिका अरुणा लामाको जन्म सन् १९४५ मा भारतको दार्जलिंगमा भएको हो। आफ्नो काकाको हौसलाबाट गायन यात्राको तय गरेकी उनले ७ वर्षको उमेरबाट गित गाउन सुरु गरेकी थिइन् भने ११ वर्षको उमेरमा एक गायन प्रतिष्पर्धामा जित हाशिल गर्न समेत सफल भएकी थिईन।अरुणाले रेकर्ड गराएको पहिलो नेपाली गित भने ‘ए कान्छा मलाई सुनको तारा खसाई देउन ‘ हो। जुन गीतलाई वहुचर्चित गीतको रुपमा गनिन्छ।अरुणा लामाले पनि आफ्नो जीवनकालमा निकै दुखादायी र पीडाका दिनहरु बिताउनु पर्यो। सन् १९६३ मा उनले संगीतकार सरन प्रधान संग विवाह गरिन। उनीहरुको दुइ जना सन्तान जन्मिए र जीवन सुखसंग नै बित्दै थियो। यसै विचमा विवाह गरेको ११ वर्ष पछी अर्थात १९७४ मा उनका श्रीमानको निधन भयो। २९ वर्षकै उमेरमा श्रीमान् गुमाएकी उनले दुइ जना सन्तानको लालन पालन गर्न शिक्षिका देखि विभिन्न कामहरु गरिन। तर जति दुखको घडी आउदा पनि सांगीतिक यात्रालाई पूर्णविराम भने लगईनन। उनका ‘ए कान्छा ,पोहोर साल खुसि फाट्यो ,उदास मेरो जीवन कथा ,हेर न हेर कान्छा ,उडी जाउ भने म पन्छी होइन ,भेटिनु छुट्टिनु ,मलाई आखैमा राख्ने’ लागायतका दर्जनौ चर्चित र सदवाहार गीतहरु रहेका छन्।
४ – मिरा राणा
२००८ असोजमा काठमाडौँमा जन्मिएकी मिरा राणा पनि नेपालकी अघिल्लो पुस्ताकी चलेकी गायिका हुन्। उनले २०२२ सालमा रेडियो नेपालबाट गायन यात्राको सुरुवात गरेकी थिइन्। २०३५ पुसदेखि रेडियो नेपालमा जागिर सुरु गरेकी उनि सुरुमा सुब्बा पदमा नियुक्त भएकी थीइन। २०६६ असोजमा मुख्य संगीत प्रबन्धकका रूपमा सेवानिवृत्त भएकी उनको पनि नेपाली संगीतको पाटोमा निकै ठुलो योगदान रहेको छ ।भारतको ईलहाबादबाट संगीतको औपचारिक ज्ञान लिएकी उनले नेपाली तथा अन्य भाषा र धेरै चलचित्रका गीतमा समेत आफ्नो सुमधुर आवाज दिएकी छिन। उनका ‘माया बढाई,दिन सहे रात सहे ,निद छैन आखामा ,मेरो पाउमा आज कोहि ,मखमली चोली चाहिदैन,लगायत थुप्रै चर्चित गीतहरु रहेका छन्।
५ – ज्ञानु राना
ज्ञानु रानाको जन्म सन् १९३९ मा काठमाडौँमा भएको हो। उनको पिता जनकवि केशरी धर्मराज थापाको प्रेरणाबाट सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागेकी उनले भारतको अल्लाहबादको ‘बरोधा युनिभर्सिटी’बाट संगीत बिषयमा प्रथम श्रेणीमा डिग्री हासिल गरेकी थिइन। उनि रेडियो नेपालबाट चर्चित शास्त्रीय संगीत गायिकाको रुपमा सम्मानित समेत भएकी थिइन्।उनले नेपाली , ईन्डियन ,भोजपुरी, उर्दु, मैथिली ,नेवारी र चाईनिज समेत गरि झन्डै २ हजार गीतहरुमा आवाज भरिसकेकी छिन। नेपाली शास्त्रीय संगीतको क्षेत्रलाई अझै फराकिलो बनाउन ज्ञानुको निकै ठुलो योगदान रहेको छ। उनका ‘सल्लै हो जीवन कल्लाई हो ,सिरिमा सिरी ,कसैले बुझेन मेरो मनको बहलाई ,च्यांबा होई च्यांबा लगायत दर्जनौ चर्चित गीतहरु रहेका छन्।