हालसम्म अविवाहित रहेका सलमानले पिता बन्नका लागि राखे यस्तो सर्त !

५३ बर्षको उमेर पुगीसक्दा सम्म पनि बलिउड अभिनेता सलमान खान हाल सम्म अविवाहित नै रहेका छन।  केहि समय अघि मात्र उनि आफु सरोगेसी पिता बन्ने योजनामा रहेको बताएका थिए। तर हालसालै मात्र सलमानले चलचित्र भारतको प्रमोशनको क्रममा मिडिया अन्तर्वार्तामा ‘आफु बच्चाको पिता बन्न चाहेको तर बच्चाको  आमाको आफुलाई जरुरत नभएको’  बताएका छन। सलमानले दिएको यस्तो बयान हाल चारैतिर चर्चित भई रहेको छ।

यस भन्दा पहिले पनि उनले एक अन्तर्वार्ताको क्रममा आफु एक असल सन्तान र असल पिता बन्न सक्ने तर असल पति कदापी बन्न नसक्ने बताएका थिए। सलमान बच्चा प्रति निकै नै आकर्षित छन जुन कुरा उनि हर समय बहिनी अर्पिताका छोराका साथमा  रहेको कुराले  पनि प्रष्ट पार्छ। उनले विवाहको बारेमा प्रश्न गर्दा जहिले पनि अपुरो जवाफ दिने गरेका छन।  यसबाट यो कुरा बुझ्न सकिन्छ कि उनि विवाहलाई लिएर कति पनि लालायित छैनन् भन्ने।

सलमान बिगत ३० बर्षअघि देखि चलचित्र क्षेत्रमा आवद्ध रहेका छन यस क्रममा उनको थुप्रै अभिनेत्रीका साथमा पनि नाम नजोडिएको भने होइन तथापी उनि हाल सम्म पनि अविवाहित नै रहेका छन। सलमानसंग नाम जोडिएका अभिनेत्रीहरुको लिस्टमा सोमी अली, संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कटरीना कैफ यूलिया वंतूर जस्ता अभिनेत्रीहरुका समावेश रहेका छन।

बलिवुडमा सरोगेसी मार्फत बच्चा जन्माउने चलचित्रकर्मिको संख्यामा पनि उल्लेखनीय नै रहेको छ जसमा शाहरुख खान, करण जौहर, एकता कपूर, तुषार कपूर ,सनी लियोनी रहेका छन।  चलचित्रको बिषयमा कुरा गर्ने हो भने सलमान अभिनित चलचित्र भारत जुन ५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। जुन चलचित्रमा सलमानकको साथमा कट्रिना कैफलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

 

 

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६०६:२१

काजल अग्रवालको हट अवतार तस्बिरमा हेर्नुहोस !