काजल अग्रवालको हट अवतार तस्बिरमा हेर्नुहोस !

चलचित्र  सिंघम मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री काजल अग्रवालको चर्चा परिचर्चा चलचित्र बजारमा कम नै गरेको छ।  हालसालै मात्र काजलले आफ्नो अफिसियल इंस्टाग्राम मार्फत केहि बोल्ड तस्बिर शेयर गरेकी छिन जुन तस्बिर हाल सामाजिक संजालमा भाइरल भईरहेको छ।

यस तस्बिरमा काजललाई बोल्ड अवतारमा देखिएको छ। मगधीरा, सिंघम, मैं ही राजा मैं ही मंत्री जस्ता सफल चलचित्रमा काम गरिसकेकी काजलले अजय देवगनको चलचित्र सिन्घम मार्फत बलिउड सिने नगरीमा पाइला राखेकी हुन्।

साउथ इन्डियन चलचित्र मगधीरा मार्फत आफ्नो अलग पहिचान स्थापित गर्न सफल काजल आफ्नो सुन्दरताको कारणले पनि चिनिने गर्छिन।

काजलको जन्म सन् १९८५ मा एक पंजावी परिवारमा भएको हो।  उनका सम्पूर्ण परिवार मुम्बईमा बस्दै आइरहेका छन।उनका पिता टैक्सटाइलका ब्यापारी हुन् भने उनकी माता पनि ब्यापारमा संलग्न रहेकी छिन। उनले सन् २००४ सालमा क्यों हो गया चलचित्रमा ऐश्वर्या को साथीको भूमिकामा चलचित्रमा काम गरेकी थिइन्।

चलचित्रका साथै सामाजिक संजालमा सक्रिय  रहने काजलले आफ्ना केहि हट तस्बिर सामाजिक संजालमा शेयर गर्दै फ्यानहरुको मन जित्दै आइरहेकी छिन।

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६०९:५१

चलचित्रमा प्रवेश गर्नुपुर्व यस्ती देखिन्थिन दिशा पटानी , हेर्नुहोस उनका केहि पुराना तस्बिरहरु !