भोली जेठ ९ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल !

भोली मिति बिक्रम संवत २०७६ साल जेठ महिनाको ९ गते बिहिवार तद अनुसार सन् २०१९ मे २३ तारिक तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। सोचेका हरेक कार्यहरु  सरलता पुर्वक सम्पन्न भएर जानेछन।  आर्थिक योजनाका लागि समय अनुकुल रहेको छ।  अनावश्यक बादविवादमा नाफस्दा नै राम्रो हुने छ।  व्यापार व्यवसायको क्षेत्रमा बाहिर जाने अवसर मिल्नेछ।  समग्रमा मेष राशी हुनेहरुका लागि भोलीको दिन सुखद रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

नया कार्यको थालनी भोलिको दिन सकेसम्म नगर्दा नै राम्रो हुनेछ।  बाणी तथा व्यवहारमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।  भाग्यले साथ दिने छैन।  सन्तान सुखको अनुभूति खासै हुने छैन।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

दैनिक कार्यमा ढिलासुस्ती देखिन सक्नेछ।  मानसिक शान्तिको लागि मनोरन्जनात्मक कार्यमा सहभागी हुनु पर्ने  देखिन्छ।  परिवार तथा इष्टमित्रका साथमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

आकस्मिक धनलाभ भएर जानेछ।  व्यापार व्यवसायको क्षेत्र लाभदायक रहेको छ।  कार्यमा सफलता मिल्नाका साथै पदोन्नतिको योग समेत रहेको छ।  साथीभाईका साथमा रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ।  दाम्पत्यजीवन सुखमय बित्ने देखिन्छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

साहित्य कला क्षेत्रमा रुचि बढ्नेछ।  पेटसम्बन्धी  समस्याको शिकार भइने छ।  आर्थिक संकट देखा पर्न सक्नेछ। घरायसी वातावरण सुखमय रहने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  व्यापार व्यवसायको क्षेत्र लाभदायक रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

विशेषगरी शारीरिक एवम मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्नेछ।  माताको स्वास्थ्य सम्बन्धी  समस्याले पिरोल्न सक्ला।  सन्तान सुख मिल्ने छिन।  बाणीमा संयमित रहनुपर्नेछ।  भोलिको दिन सकेसम्म प्रतिस्पर्धात्मक कार्यमा सहभागी नहुदामा नै राम्रो हुनेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

नया कार्यको थालनी गर्ने अनुकुल समय रहेको छैन।  धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्नेछ।  परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ।  धनहानी तथा मानहानिको सम्भावना रहेकाले सचेत रहनुपर्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

परिवारजनका साथमा अनावश्यक भ्रान्ति उत्पन्न हुन सक्नेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा संयम रहनुपर्नेछ। कार्यमा अपेक्षाकृत सफलता मिल्नेछैन। मानसिक द्विविधा बढ्नेछ।  कार्यभार बढेर जानेछ। तर मध्यान्ह पश्चातको समयमा भने बिग्रिएका हरेक काम बन्नेछ।  भाग्योदयको  सम्भावना रहेको छ। पारिवारिक वातावरण सुखमय बित्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

अचानक धनलाभ भएर जाने सम्भावना रहेको छ।  धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ।  परिवारका साथमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ। धार्मिक यात्रा हुने सम्भावना रहेको छ।  कार्यमा अपेक्षागरे अनुरुपको सफलता नमिल्नाले निराशा पैदा हुनेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

मानसिक व्यग्रताका कारण शारीरिक स्वास्थ्यमा उत्पन्न हुनेछ।  अनावश्यक बादबिवादमा फस्न सक्ने सम्भावना रहेको छ।  बाणी एवम व्यवहारमा संयमित रहनु पर्नेछ।  मध्यान्ह पश्चातको समयमा भने स्वास्थ्य अनुकुल रहने छ।   परिवारमा खुसियाली छाउने छ।  धार्मिक ,आध्यात्मिक एवम परोपकारी क्षेत्रमा मन जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

सामाजिक तथा आर्थिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ।  पारिवारिक वातावरण बिग्रन सक्ने सम्भावना रहेको छ।   अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।  स्वभावमा उग्रता र क्रोधको भावना उत्पन्न भएर जानेछ।  समग्रमा तपईका लागी भोलिको दिन शुभ फलदायी रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

व्यापार व्यवसायको क्षेत्रमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ।  आर्थिक क्षेत्र मजबुत भएर जानेछ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  पिताको तर्फबाट लाभ मिल्ने देखिन्छ।  आर्थिक, सामाजिक एवम पारिवारिक दृष्टिकोणले भोलिको दिन लाभदायक रहेको छ।  अचानक मित्रभेट हुने सम्भावना रहेको छ।  समग्रमा मिन राशी हुनेहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

 

६१ बर्षमा बुलेट उडाउछिन् यी आमा, छोराले चढ्छन् ३ करोडको बाईक =>

प्रकाशित : बुधबार, जेठ ०८, २०७६१४:३६

भोली जेठ १० गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल !