दीपक दीपाको ‘छ माया छपक्कै’को छायांकन सुरु !

काठमाडौँ , माया प्रेमको बिषयलाई मुख्य बिषयबस्तु बनाई निर्माण गर्न लागिएको चलचित्र ‘छ माया छपक्कै’ को छायांकन बिहिवार देखि औपचारिक रुपमा सुरुवात भएको बताईएको छ। चलचित्रलाई  आमा सरस्वति मुभिज र रोहित अधिकारी  फिल्म्सको  संयुक्त ब्यानरमा निर्माण गर्न लगिएको हो।

चलचित्रको छायांकन सुरु भएको जानकारी निर्माता रोहित अधिकारीले सामाजिक संजाल फेसबुक मार्फत जानकरी दिएका छन।  चलचित्रलाई घामपानी निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र लामाले गर्दै छन भने चलचित्रमा चलचित्रको सम्पूर्ण लागत निर्माता रोहित अधिकारीले व्यहोर्ने भएका छन।

यसका साथै चलचित्र ‘छ माया छपक्कै’ मा हरि हुमागाईंको छायांकन रहनेछ भने दीपा श्री निरौला सल्लाकार निर्देशकको रुपमा रहने छिन। आगामी दशैंलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल , दिपाश्री निरौला लगायत थुप्रै कलाकारहरुको अभिनय रहने छ । यसै चलचित्र मार्फत कलाकार एवम निर्माता दीपकराज गिरि र केकी अधिकारी एक साथ चलचित्रको पर्दामा देखि भएका छन।

 

 

 

 

प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०६:१०

करीनाले बनाईन तैमूरका लागि यस्तो डाइट प्लान, बाहिरको खाना खान गरियो निषेध !